चैत्र ११, काठमान्डौ । चर्चित समाज सेवी जुनु पुन मगरले अर्ध भूमिगत रहेका नेत्र बिक्रम चन्द ‘विप्लब’लाई सेना, पुलिस र सर्बसाधारणलाइ तार्गेट नगर्न अनुरोध गरेकी छन् । युद्द गर्न हिडेका बिप्लवलाइ भिनाजुको नाता-साइनो खुट्याउदै फेरी युद्द नगर्न अनुरोध गरिकी हुन ।
नेत्र बिक्रम चन्द ‘बिप्लव’ ठकुरी खानदानका भएपनि आमा मगर्नी भएको र मगर्नीकै कोखबाट जन्मिएर फेरी जिबन संगिनी पनि मगर्नी नै भएकोले भिनाजु साइनो लगाउन मिल्ने बताउदै ‘सच्चा देशभक्त र यो देशको लागि केही गर्छु भनेर अगाडि बढ्नु भएको छ भने प्लिज भेनाजु, सेना, पुलिस, अनि सर्ब साधारणलाई तार्गेट नगर्नु होला, उनीहरु पनि नेपाली आमाकै छोराछोरी हुन’, साली जुनु पुनले आग्रह गरेकी छन् ।
देशका बालबच्चाहरुको मनोबलमा असर पर्ने चिन्ता व्यक्त गर्दै बार्ताको टेबुलमा बसेर राजनीतिक हल खोज्न समाजसेवी पुनले आग्रह गरेकी छन् । उनले भनेकी छन्, ‘राज्य वा सत्तासीन व्यक्तिलाई लक्ष्यित हो भने प्लिज टेबुलमै बसेर बार्ता गर्नुस, अहिले देश भर बच्चाहरुको परिक्षा चलिरहेको छ, बच्चाहरु पनि त्रसित छ्न, मनोबल गिराउने काम नगर्नु होला ।’
सरकार पक्षलाई पनि संयम बन्न आग्रह गर्दै दुई तिहाइ सरकारमा बस्ने नेतृत्वले दमनद्वारा नभई छिटै नै बार्तामा बार्गेनिङ गरेर अगाडि बढ्न सुजाब दिएकि छन् ।
राजनीतिक भागबण्डाको कारण फेरी देशमा युद्द नचाहिएको संकेत गर्दै बरु आपसमा मिलेर सत्ताको रस खान अह्राएकि छिन् ।
उनले भाबुक हुँदै भनेकी छिन, ‘बरु तपाईंहरु नै मिलेर खानुस, दुखी गरिबहरु सत्तामा पुग्न नसक्नेहरुको लागि राज्यले ब्यबस्था गरेको छ ‘एमआरपी (पासपोर्ट)’, त्यही समातेर खाडी मुलुक पुगिने छ’ ।
बिप्लव भिनाजु नतर्साउनुहोस भन्दै हतियार बिसाएर वार्ताको टेबलमा मुट्की बजार्न आग्रह समेत गरेकी छन् । पुनले भनेकी छन्, ‘लौ बिप्लब भेनाजु, हिजो पनि बन्दुक बोक्नु भएको हो, आज पनि बोक्दै हुनुहुन्छ, हतियार बिसाएर टेबुलमा मुट्की बजारनुस, यहिनै हाम्रो आग्रह छ, नतर्साउनुहोस ।’
जुनु पुन एकीकृत समाज बाल आश्रमकि संचालक हुन् । उनले ४५ जना द्वन्द पिडित तथा असाह्य, अबोध बालबालिकाहरुलाइ लालन पालन देखि शिक्षा दीक्षा दिरहेकी छन् ।
हेर्नुहोस यस्तो छ पत्र:
नेत्र बिक्रम चन्द (बिप्लब) ठकुरी खान्दान भए पनि, आमा मगरनी हुन मगरनी कै कोखबाट जन्मनु भएको हो रे भन्ने सुन्छु । तपाईंको जिन्दगीलाई साथ दिने जीवन संगिनि पनि मगरनी नै हुन भन्ने सुन्छु । अब मैले भेनाजु साइनो लगाउदा हुन्छ कि नाइ !
सच्चा देशभक्त र यो देशको लागि केही गर्छु भनेर अगाडि बढ्नु भएको छ भने प्लिज भेनाजु सेना, पुलिस, अनि सर्ब साधारणलाई तार्गेट नगर्नु होला । सेना, पुलिस पनि नेपाली आमाकै छोराछोरी हुन । राज्य वा सत्तासीन ब्यक्तीलाई लक्ष्यित हो भने प्लिज टेबुलमै बसेर बार्ता गर्नुस ।
अहिले देश भर बच्चाहरुको परीक्षा चलिरहेको छ । बच्चाहरु पनि त्रसित छ्न । मनोबल गिराउने काम नगर्नु होला ।
साथै दुई तिहाइ सरकारमा बस्ने नेतृत्व ज्युहरुलाइ यो आग्रह छ कि, छिटै नै बार्तामा बार्गेनिङ गरेर अगाडि बढ्नुस । बरु तपाईंहरु नै मिलेर खानुस, दुखी गरिबहरु सत्तामा पुग्न नसक्नेहरुको लागि राज्यले ब्यबस्था गरेको छ एमआरपी, त्यही समातेर खाडी मुलुक पुगिने छ !
लौ बिप्लब भेनाजु, हिज पनि बन्दुक बोक्नु भएको हो, आज पनि बोक्दै हुनुहुन्छ, हतियार बिसाएर टेबुलमा मुट्की बजारनुस । यहिनै हाम्रो आग्रह छ, नतर्साउनुहोस ।
प्रतिक्रिया दिनुहोस