संयोजक कार्की र युवा नेता खतिवडा रिहा लगतै पुनः पक्राउ


चैत ११, काठमाडौँ । अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी)का केन्द्रीय संयोजक राजु कार्की र पूर्वविद्यार्थी नेता केदार खतिवडालाई रिहा लगतै प्रहरीले पुनः पक्राउ गरेको छ ।

कार्कीलाई सोमबार र खतिवडालाई आइतबार काठमाडौँ जिल्ला प्रशासन कार्यालयले आठ–आठ हजार धरौटीमा रिहा गरेलगत्तै प्रहरीले पुनः पक्राउ गरेको बताइएको छ ।

नेकपाका नेतासमेत रहेका कार्कीलाई गत फागुन २१ गते राजधानीको सामाखुसीस्थित डेराबाट सादा पोसाकका प्रहरीको टोलीले गिरफ्तार गरेको थियो ।

संयोजक कार्की यसअघि पटकपटक गिरफ्तार पर्दै र रिहा हुँदै आएका थिए । महासङ्घ ने.क.पा. निकट किसानहरूको सङ्गठन हो ।

नेकपाका ब्युरो सदस्यसमेत रहेका खतिवडालाई प्रहरीले गत फागुन २२ गते काठमाडौँको दरबारमार्गबाट गिरफ्तार गरेको थियो ।

 

११ चैत्र २०७५, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको