गुडिरहेको बसमा आगलागी, चारजनाको घटनास्थलमै मृत्यु


चैत ११, काठमाडौँ । भारतको उत्तर प्रदेशको मैनपुरीमा एक यात्रुबाहक बसमा आगलागी हुँदा चार जनाको मृत्यु भएको छ ।

घटनामा एक जना गम्भीर घाइते भएका छन् । दिल्लीको आनन्द विहारबाट लखनऊ तर्फ गइरहेको बस आगरा–लखनऊ सडकखण्डको मीठेपुरमा डिवाइडरसँग ठोक्किएको थियो । त्ययसपछि बसमा आगो लागेको हो ।

घटनास्थलमै चारजनाको मृत्यु भएको भारतीय प्रहरीले जनाएको छ । घटनामा घाइते भएकालाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।

बसमा कति यात्रु थिए भन्ने यकिन जानकारी नआएको प्रहरीले जनाएको छ ।

११ चैत्र २०७५, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको