स्वास्थ्य क्षेत्र सुधार गर्न संचार तथा परामर्श तालिम


फागुन १३, कालिकाेट । कालिकाेट जिल्लाकाे पचालझरना गाँउपालिकाकाे सबै वडाहरुकाे स्वास्थ्य क्षेत्र सुधार गर्न गाँउपालिकामा सबै महिला स्वास्थ्य स्वयम् सेविकाहरुलाइ संचार तथा परामर्श सीप बिकास तालिम प्रदान गरिएकाे छ ।
नेपाल रेडक्रस साेसाइटी कालिकाेट जिल्ला शाखाकाे स्वास्थ्य र खानेपानी, सरसफाइ तथा स्वच्छताकालागि सामुदायिक सहकार्य परियाेजना काे सहकार्यमा गाँउपालीकामा रहेका ३वटा स्वास्थ्य संस्थाका २६वटा महिला स्वास्थ्य स्वयम सेविकाहरुलाइ तीन चरणमा तालिम प्रदान गरि सम्पन्न गरिएकाे हाे ।
स्वास्थ्य क्षेत्रकाे प्रभावकारी ब्यवस्थापनकालागि महिला स्वास्थ्य स्वयम् सेविकाहरुकाेलागि ज्ञान,सीप र धारणा अभिबृदि गर्ने उध्येश्यले तालिम संचालन गरिएकाे नेपाल रेडक्रस साेसाइटी कालिकाेट जिल्ला कार्यक्रम अधिकृत टेकम वलीले बताउनु भयाे ।
पचालझरना गाँउपालिकामा रहेका राम्नाकाेट, बदालकाेट, नानीकाेट स्वास्थ्य चाैकी अायाेजक तथा पचालझरना गाँउपालिका कार्यालयकाे समन्वयमा संचालित दुइदिने सीप बिकास तालिममा संचारकाे अर्थ, महत्व, प्रभावकारी संचारकाे कमिका कारण महिला स्वास्थ्य स्वयमसेविकाहरुले भाेग्नु परेकाे समस्याहरुकाे पहिचान गर्ने, संचारकाे प्रक्रिया र बाधा बारे परिचित बनाउने, ग्राहक केन्द्रित परामर्श साथै केही परामर्शका सिपहरुबारे परिचित लगाएतका बिषय बस्तु समाबेश गरिएकाे गाँउपालिका अाधारभुत स्वास्थ्य तथा सरसफाइ शाखा प्रमुख चन्द्रेश्वर शाहले जानकारि दिनुभयाे ।
२०७५ फाल्गुन १३,सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको