पाँच वर्षको उमेरमा खाली खुट्टामा एक वर्षसम्म स्कुल गएँ :वर्षमान पुन


फाल्गुन १३, रोल्पा । उर्जा तथा जलस्रोत मन्त्री वर्षमान पुन ‘अनन्त’ आफू पाँच वर्षसम्म खाली खुट्टा विद्यालय पढ्न गएको बताएका छन् । बालकल्याण नमुना माध्यमिक विधालयको पुर्व विद्यार्थी मन्चको प्रथम अधिवेशन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पुनले उक्त कुरा बताएका हुन् ।

फोटो फाइल 

कार्यक्रममा सम्बोधन गर्दै उनले अहिले विभिन्न प्रविधिको विकास भइसकेको र आफूहरुले जस्तो पढ्नका लागि दुःख गर्न नपर्ने बताए । उनले भने–‘अमेरीकामा भइरहेको क्लास, यहाँ अहिले हेर्न सकिन्छ ।’

आफूहरु हाइस्कुल पढ्दा निकै दुःख गरेको बताउँदै उनले अहिलेका विद्यार्थीहरुले त्यति दुःख गर्न नपर्ने बताए । मन्त्री पुनले आफ्नो पढ्ने बेलाको स्मरणहरु समारोहकाबीच राखेका थिए । उनले युवाअवस्थामा आफूहरुभन्दा अहिलृेका युवाहरु सभ्य हुँदै गइरहेको बताए ।

आफ्नो पढ्ने समयको स्मरण सुनाउँदै उनले भने–‘म आफैं पाँच वर्षको उमेरमा विद्यालय जाँदा ड्रेस र टाई लगाउने चलन थिएन् । पाँच वर्षको उमेरमा स्कुल गएँ । त्यो पनि एक वर्षसम्म खाली खुट्टाले ।’ त्यतिबेला पैसा भएका हरुले मात्र ड्रेस लगाएर जाने गरेको यथार्थ स्मरण गरे ।

अहिलेपनि मन्त्री पुनले दिनको ४ घन्टा सिक्ने गरेको र बाँकी समय मन्त्रालयको काम गर्ने गरेको बताए । सबै सधैं जिन्दगीभर पढ्नुपर्ने उनले बताए । ‘कहिलेकाँही विद्यार्थीहरुलाई स्कुल सकिएपछि आनन्द मिल्छ जस्तो लाग्छ । तर, हामी सबैले सिक्ने र पढ्ने गनर््पर्छ ।’ मन्त्री पुनले नानिबाबुहरु पुरानो जमानामा नभएको भन्दै अहिलेको सरकारले ल्याएको कानुनअनुसार छोरा र छोरीबीच भेदभाव हुन नहुने पनि बताए ।

१३ फाल्गुन २०७५, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको