मौसममा फेरि गडबढ


फागुन १३, काठमाडौं । हरेक साता दोहोरिदै आएको पश्चिमी वायुको प्रभावले फेरी मुलुकभरको मौसम प्रभावित बनाएको छ ।

यो खबर आजको नेपाल समाचारपत्रमा छ । मौसमी प्रभाव आगामी बुधवारसम्म जारी रहने भएको छ ।

शनिवार राती भित्रिएको पश्चिमी वायुको प्रभाव केही कमजोर रहेको र त्यसको असर आज आइतवारसम्म जारी रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

तर मंगलबार पुनः अर्को प्रभाव दोहोरिने भएकाले बुधवार देशैभरी हल्का र मध्यमस्तरको वर्षा हुने महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले बताउनुभयो ।

‘मंगलबार रातीदेखि देशैभरीको मौसम बदलिने पूर्वानुमान गरिएको छ, पश्चिमी वायुको प्रभावले बुधवार फेरी धेरै ठाउँमा हल्का र मध्यम वर्षा हुनेछ’–उहाँले भन्नुभयो ।

१३ फाल्गुन २०७५, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको