रोल्पाका एक व्यक्ति काठमाडौँको होटलमा मृत भेटिए


माघ ११, काठमाडौँ । रोल्पाका एक व्यक्ति काठमाडौँस्थित होटलको कोठाभित्रै मृतावस्थामा भेटिएका छन् ।

काठमाडौं महानगरपालिका–२६ मित्रनगरस्थित न्यू राप्ती सुपरलजको २०४ नम्बर कोठामा रोल्पा जस्पुर घर भएका करीब ४५ वर्षीय वीरबहादुर विक मृत भेटिएका महानगरीय प्रहरी प्रभाग गोङ्गबुका प्रहरी निरीक्षक मोहनविक्रम केसीले जानकारी दिनुभयो ।

यही माघ ६ गतेदेखि उक्त होटलमा बस्दै आएका विक सुतेको ठाउँ नजिक सातवटा मदिराका बोतल भेटिएकाले अत्यधिक मदिरा पिएका कारण ज्यान गएको अनुमान गरिएको केसीले बताउनुभयो ।

शव परीक्षणका लागि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको प्रहरीले जनाएको छ । उनको साथबाट पासपोर्टसमेत फेला परेकाले वैदेशिक रोजगारीका लागि काठमाडौँ आएको हुनसक्ने प्रहरीले जनाएको छ । उनको शरीरमा भने कुनै घाउचोट देखिएको छैन ।

११ माघ २०७५, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको