माघ ११, धनुषा । धनुषामा जन्ती चढेको बसमा करेन्ट लाग्दा ९ जनाको ज्यान गएको छ भने ३० जना भन्दा बढी घाइते भएका छन् ।
शुक्रबार साँझ धनुषाको सबैला नगरपालिका स्थित बाल्टिया गाउँमा जन्ती चढेको ना ५ ख १७५२ नम्बरको बसले ११ हजार भोल्टेजको करेन्ट प्रवाह भएको विद्युतीय पोलको तार छुँदा सो घटना भएको प्रहरीले जनाएको छ ।
मृतकको संख्या अझैं सक्ने आशंका गरिएके छ । बसमा ४० जनाभन्दा बढी जन्ती सबार थिए । बेहुला रामवरण कुँमर र बेहुली सरस्वती कुमारी दनुवार भने अर्को गाडिमा रहेकाले उनीहरु सकुशल रहेको प्रहरीले जनाएको छ ।
घटनाबारे जानकारी पाएलगत्तै सेना, प्रहरी, स्वास्थ्यकर्मी र स्थानीयबासी उद्धारमा खटिएका छन् । घाइतेहरुलाई सशस्त्र, प्रहरी, एम्बुलेन्सकर्मीहरुले जनकपुर अञ्चल अस्पतालमा लिएको बताइएको छ । बस सिन्धुलीको दुधौलीबाट जन्ती बोकेर धनुषा आइरहेको थियो ।
घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
प्रतिक्रिया दिनुहोस