कप्तान पारस आउट, नेपालको ३ विकेटको पतन


युएईविरुद्धकाे खेलमा पहिले ब्याटिङ गरिरहेकाे नेपाल टाेलीका कप्तान २० रन बनाउदा पारस खड्का क्याच आउट भएका छन् ।

यसअघि नेपालका ओपनर ब्याट्सम्यान ज्ञानेन्द्र मल्ल शून्यमा आउट भए भने बिनाेद भण्डारीले ५ रन जाेडे ।

उनीहरू दुवै महाेमम्मद नाभिदकाे बलमा गुलाम शाब्बेरद्वारा क्याच आउट भएका हुन् ।

खेल दुबईस्थित आइसिसीको क्रिकेट एकेडेमीमा हुँदै छ । युएईले टस जित्दै फिल्डिङ राेजेकाे हाे ।

२०७५ माघ ११,शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको