नेपाललाई पहिलो झट्का: उपकप्तान ज्ञानेन्द्र मल्ल खाता नखोलि आउट


माघ ११, युएइ । नेपाली राष्ट्रिय क्रिकेट टोलीकाे दोस्रो एकदिवसीय सिरिजअन्तर्गत युएईविरुद्धकाे खेलमा ब्याटिङकाे निम्ताे पाएकाे नेपालले सुरूवाति विकेट गुमाएकाे छ ।

नेपालका ओपनर, उपकप्तान ज्ञानेन्द्र मल्ल खाता नखोलि आउट भएका हुन् । ४ बलकाे सामना ज्ञानेन्द्र महाेमम्मद नाभिदकाे बलमा गुलाम शाब्बेरद्वारा क्याच अाउट भएका हुन् ।

दुबईस्थित आइसिसीको क्रिकेट एकेडेमीमा हुँदै गरेकाे खेलमा युएईले टस जित्दै फिल्डिङ राेजेकाे हाे ।
१० महिनाअघि जिम्बावेमा भएको एकदिवसीय विश्वकप छनोटमा सातौँ स्थानमा रहँदै नेपालले ४ वर्षका लागि एकदिवसीय राष्ट्रको मान्यता पाएको थियो ।

त्यसपछि नेदरल्यान्डसँग नेपालले पहिलो एकदिवसीय सिरिज खेल्यो । जसमा नेपाल नेदरल्यान्डलाई १–१ को बराबरीमा रोक्न सफल भयो । पहिलो खेलमा नेदरल्यान्ड र दोस्रोमा नेपाल विजयी भएको थियो । नेपालले एकदिवसीयसँगै युएईविरुद्ध टी–२० सिरिज खेल्नेछ ।

२०७५ माघ ११,शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको