पूर्वराजा शाह प्रदेश नम्बर ५ को भ्रमणमा निस्किँदै


मंसिर ८, काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह आगामी आइतबार प्रदेश नम्बर ५ को भ्रमणमा निस्कने भएका छन् ।

पूर्वराजा शाहका संवाद सचिव फणि पाठकका अनुसार उनी आगामी आइतबार निजी भ्रमणको सिलसिलामा भैरहवा जान लागेका हुन् । शाहले प्रदेश नम्बर ५ को अस्थायी राजधानी भैरहवालाई मुकाम बनाएर त्यसआसपासको जिल्लाको भ्रमण गर्ने बताइएको छ ।

स्रोतका अनुसार भ्रमणमा पूर्वरानी कोमलको सहभागिता हुने छैन । सो भ्रमणका क्रममा उनले विभिन्न मठ मन्दिरको भ्रमण गर्नुका साथै राजवादीहरुसँग पनि भेटवार्ता गर्ने बताइएको छ । उनी करिब २ साता त्यहाँ रहने बताइएको छ ।

बेलाबेलामा जिल्ला भ्रमणमा निस्किएर आफ्नो सक्रियता बढाउँदै आएका पूर्वराजाले विगतकै जस्तो प्रचलनलाई यसपटक पनि निरन्तरता दिएका हुन् ।

अघिल्लो सातामात्रै राजधानीको एक क्लबमा राजपरिवारका अन्य सदस्यसहित पूर्वराजा देखिएका थिए । उनी नाइट क्लबमा पुगेको विषयले निकै चर्चा पनि पाएको थियो ।

२०७६ मंसिर ८,आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको