रोल्पामा नेकपा निकट युवा संघ नेपालले द्वन्द पिडित बालबालिकालाई शैक्षिक सामग्री बाँड्यो


मङ्सिर ०८, रोल्पा । नेत्रबिक्रम चन्द विप्लब नेतृत्वको नेकपा निकट युवा संघ नेपालले आफ्नो पार्टी पुनर्गठन दिवसको अबसरमा रोल्पामा बिद्यालयका द्वन्द पिडित तथा टुहुरा बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ । रोल्पाको गंगादेव गाउपालिका ३ मा रहेको सिद्दार्थ नमुना माविका बालबालिकाहरुलाई पार्टी पुनर्गठन भएको ६ बर्ष पार गरेको अवसरमा शैक्षिक सामाग्री वितरण गरेको इन्चार्ज किरणले बताए ।

युवा संघ नेपाल रोल्पाले आयोजना गरेको कार्यक्रममा इन्चार्ज किरण प्रमुख अतिथि रहेका थिए । कार्यक्रमको संचालन युवा संगठन नेपाल रोल्पाको सचिव असलले गरेका थिए भने जिल्ला कमिटि कोषाध्यक्ष पिस्तोलले स्वागत मन्तब्य दिएका थिए ।

कार्यक्रममा करिब ५० जना बालबालिकालाई कपि कलम वितरण गरिएको थियो ।

८ मंसिर २०७६, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको