सीमा अतिक्रमणविरुद्ध बुटवलमा अखिल (क्रान्तिकारी)को प्रदर्शन


मङ्सिर ८, काठमाडौं । नेपाली सीमा अतिक्रमण गरी भारतले जारी गरेको नक्साको विरोधमा विप्लव नेतृत्वको प्रतिबन्धित नेकपा निकट अखिल (क्रान्तिकारी)ले बुटवलमा प्रदर्शन गरेको छ ।

क्रान्तिकारी लुम्बिनी क्षेत्रीय समन्वय समितिको आयोजनामा आइतबार बिहान विराेध प्रदर्शन गरिएको हो । हजारौंको संख्यामा सडकमा आएका विद्यार्थीले कालापानी लिम्पियाधुरा र लिपुलेख हाम्रो हो, गो ब्याक इन्डिया भन्दै नारावाजी गरेका थिए। त्यस्तै भारतीय दादागिरी बन्द गर, नेपाली भूमि छोड, भारतीय साम्राज्यवाद मुर्दावाद लगायतका नारा समेत लगाएका थिए ।

नेपाल कम्युनिस्ट पार्टीको छैठौं पुनर्गठन दिवसको अवसरमा सीमा अतिक्रमणविरुद्ध प्रदर्शन गरिएको केन्द्रीय सचिवालय सदस्य तथा लुम्बिनी क्षेत्रीय समन्वय समिति संयोजक विरेन्द्र विकले जानकारी दिए ।

८ मंसिर २०७६, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको