देउवाको भाषण सुनेर डा. शेखर कोइराला अचम्मित


मंसिर ८, काठमाडौँ । चार पटक देशको प्रधानमन्त्री भइसकेका कांग्रेस सभापति शेरबहादुर देउवाले चुनावी भीड तताउने मेसोमा राष्ट्रियताको विषयमा गम्भीर अभिव्यक्ति दिएका छन् ।

देउवाले कास्की–२ को चुनावी भेलालाई शनिवार पोखरामा सम्बोधन गर्दै प्रधानमन्त्री केपी ओलीको स्वीकृतिमै भारतले नेपाली भूमि आफ्नो नक्सामा समेटेको आरोप लगाएका हुन् ।

‘ओलीले भारतसँग केही भित्री सल्लाह गरेरै त्यो नक्सा छापेर निस्केको हो । भारतले त्यसै छापेकै होइन, ओलीसँग सल्लाह गरेरै छापेको हो । ओलीको सहमतिविना त छाप्नै सक्दैन,’ देउवाले भने ।

देउवाले प्रधानमन्त्री ओलीको राष्ट्रवाद लिपुलेक र कालापानीमा घुँडा टेक्दै लम्पसारवादमा परिणत भएको पनि टिप्पणी गरे । ‘ओलीले राष्ट्रवादका नाममा अघिल्लोपटक चुनाव जितेका होइनन् ? कहाँ छ त्यो राष्ट्रवाद अहिले ? त्यो राष्ट्रवाद त, ओलीको राष्ट्रवाद त अहिले कालापानीमा गएर समर्पणवादमा घुँडा टेकेको छ । ओली राष्ट्रवाद कालापानीमा गएर लम्पसारवादमा परिणत भएको छ । त्यसकारण ओली राष्ट्रवादी नै होइनन्,’ उनले भने । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

ओलीले राष्ट्रवादका नाममा अघिल्लोपटक चुनाव जितेका होइनन् ? कहाँ छ त्यो राष्ट्रवाद अहिले ? त्यो राष्ट्रवाद त, ओलीको राष्ट्रवाद त अहिले कालापानीमा गएर समर्पणवादमा घुँडा टेकेको छ । ओली राष्ट्रवाद कालापानीमा गएर लम्पसारवादमा परिणत भएको छ । त्यसकारण ओली राष्ट्रवादी नै होइनन् । ओलीले भारतसँग केही भित्री सल्लाह गरेरै त्यो नक्सा छापेर निस्केको हो । भारतले त्यसै छापेकै होइन, ओलीसँग सल्लाह गरेरै छापेको हो । त्यसै छाप्छ ? ओलीको सहमतिविना त छाप्नै सक्दैन । म प्रधानमन्त्री भएका वेला महाकाली सन्धि भएको हो । महाकाली सन्धिमा महाकाली नदीलाई सीमानदी भनिएको छ, पानी आधा–आधा । कालापानी नेपालको होइन ? लिपुलेक नेपालको होइन ? आज दुवै भारतलाई बुझाएर सबैभन्दा राष्ट्रघात गरेको छ । नेपालको एक इन्च जमिन पनि लान दिनुहुँदैन । चुनाव जित्न राष्ट्रवादको खोल ओढेर जनताका आँखामा छारो हालेका छन् ओलीले । यी कुनै राष्ट्रवादी नै होइनन् । लम्पसारवादी हुन् ।

ओलीको राष्ट्रवाद अब जनताले नपत्याउने देउवाले बताए । भारतले भूमि मिच्दा सरकार कानमा तेल हालेर बसेको उनले बताए । ‘कालापानी नेपालको होइन ? लिपुलेक नेपालको होइन ? आज दुवै भारतलाई बुझाएर सबैभन्दा राष्ट्रघात गरेको छ । नेपालको एक इन्च जमिन पनि लान दिनु हुँदैन । चुनाव जित्न राष्ट्रवादको खोल ओढेर जनताका आँखामा छारो हालेका छन् ओलीले । यी कुनै राष्ट्रवादी नै होइनन् । लम्पसारवादी हुन्,’ उनले भने । सरकार अब पनि प्रजातान्त्रिक मूल्य र मान्यताविरुद्ध अघि बढ्दै गए कांग्रेस चुप लागेर नबस्ने चेतावनी देउवाको छ ।

आफू प्रधानमन्त्री भएका बेला महाकाली सन्धि भएको र सन्धीले महाकालीलाई सीमा नदी मानेको दाबी गरे । ‘म प्रधानमन्त्री भएका बेला महाकाली सन्धी भएको हो । महाकाली सन्धीमा महाकाली नदीलाई सीमा नदी भनिएको छ, पानी आधा–आधा,’ उनले भने । हो, महाकाली सन्धि शेरबहादुर देउवा प्रधानमन्त्री भएकै वेला ०५२ सालमा भएको हो तर सन्धीले महाकालीलाई सीमा नदी होइन, ‘अधिकांश भागमा सीमा नदी’ भनिएको छ । महाकाली केही ठाउँमा नेपालभित्र, केही ठाउँमा भारतभित्र पर्छ र अधिकांश ठाउँमा सीमानामै पर्छ भन्ने अर्थ लाग्ने जानकारहरू बताउँछन् । त्यस्तै देउवाले भनेजस्तो सो सन्धिमा महाकालीको पानी भारत र नेपाललाई आधा–आधा हुने भन्ने उल्लेख छैन । बरु सन्धिअनुसार नेपालले टनकपुर र शारदा ब्यारेजबाट सिँचाइका लागि हिउँदमा ८०० र वर्षायाममा २ हजार ३ सय ५० क्युसेक पानी पाउनुपर्ने हो । तर अहिले शारदा ब्यारेजबाट मुस्किलले हिउँदमा १५० र वर्षायाममा ६५० क्युसेक पानी मात्र पाइरहेको छ । जबकि महाकाली नदीमा हिउँदमा पनि १० हजार क्युसेक पानी बग्छ ।

चुनावी सभामा देउवाले आसन्न उपनिर्वाचन जितेर कांग्रेसले सरकारका पक्षमा जनमत छैन भन्ने सन्देश राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा पुर्‍याउन चाहेको पनि बताए । ‘केपी ओली सरकारलाई तिमी गलत बाटोमा छौ, अब सच्चिनुपर्छ भन्नकै लागि पनि यो उपनिर्वाचन कांग्रेसले जित्न आवश्यक छ,’ उनले भने । जनताले थेग्नै नसक्ने गरी कर वृद्धि गर्ने सरकारको कदमलाई सच्याउन पनि कांग्रेसलाई जिताउन अपिल गरे ।

देउवाले वर्तमान सरकारले संवैधानिक परिषद्लाई शाही आयोगजस्तो बनाउन खोजेको भन्दै आपत्ति पनि जनाए । संवैधानिक परिषद्मार्फत सबै निकायमा सरकारले कब्जा गर्ने नियत राखेको उनको आरोप थियो ।

प्रतिनिधिसभा सदस्यका लागि एउटै मात्रै सिट कास्की–२ मा उपनिर्वाचन हुँदै छ । कांग्रेसका शीर्ष नेताहरू केही दिनदेखि पोखरामा केन्द्रित भएका छन् । शनिबारको भेलामा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, केन्द्रीय सदस्य डा. रामशरण महत, युवा नेता गगनकुमार थापालगायत सहभागी थिए ।

सभापतिको भनाइ कसरी आयो म अचम्मित छु : डा. शेखर कोइराला, कांग्रेस नेता

सभापति शेरबहादुर देउवाले पोखराको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी ओलीमाथि गम्भीर आरोप लगाउनुभएको छ । प्रधानमन्त्री ओलीकै सहमतिमा भारतले नयाँ नक्सा जारी गरेको दाबी उहाँले गर्नुभएको छ, यो कांग्रेसको आधिकारिक धारणा हो कि होइन ?

– म पार्टीको कार्यक्रममा दाङ जाँदै छु । बाटोमा छु । सभापतिले के बोल्नुभयो, मैले सुनेको छैन । कुन सन्दर्भमा भाषणका क्रममा यो विषय उठाउनुभएको हो भन्न सक्दिनँ । तर प्रधानमन्त्रीजीले नै पूर्वप्रधानमन्त्रीहरू, परराष्ट्रमन्त्रीहरू र परराष्ट्र मामलाका जानकारहरू राखेर सर्वदलीय बैठक गरी कालापानी, लिम्पियाधुरा र लिपुलेकबारे सहमति बनाउनुभएको हो । तर कांग्रेस सभापतिको भनाइ कसरी र किन आयो म अचम्मित छु । म यति भन्न सक्छु – कुनै पनि विषय केन्द्रीय समितिमा छलफल भएर पारित भएपछि मात्रै पार्टीको आधिकारिक र संस्थागत धारणा हुन्छ ।

देउवा पूूर्व प्रधानमन्त्री तथा विपक्षी दलको नेता हुनुहुन्छ । उहाँजत्तिको नेताले लिखित या मौखिक सूचनाका आधारमा जिम्मेवारीपूर्वक बोल्नुपर्छ कि पर्दैन ? कि चुनावी सभामा जसो बोले पनि हुन्छ ?

– सीमाको विषय गम्भीर हो । यो राष्ट्रियतासँग जोडिएको विषय हो । यस्ता विषयमा पूर्वप्रधानमन्त्रीजस्तो जिम्मेवार नेतासँग केही सूचना भए प्रधानमन्त्रीसँग बसेर वार्ता गर्नुपर्छ । बाहिर बोल्ने विषय होइन ।

तर सभापतिले नै बोलेको विषय कांग्रेसको आधिकारिक धारणा हुँदैन भने कसले बोलेको हुन्छ ?

– सभापतिले बोल्नुभयो, पार्टीको केन्द्रीय समिति बैठक बसेको छैन । यो धारणालाई पार्टीको आधिकारिक बनाउन सभापतिले केन्द्रीय कार्यसमिति बैठकमा छलफल गराउनुपर्‍यो । आधिकारिक धारणा बन्ने कि नबन्ने त्यसपछि निश्चित हुन्छ । तर लिपुलेक, लिम्पियाधुरा र कालापानीको विषयमा कांग्रेसले आधिकारिक धारणा बनाइसकेको छ । यो भूभाग नेपालको हो भनेर कांग्रेसले स्पष्ट भनिसकेको छ । यो विषयलाई कुटनीतिक र राजनीतिक हिसावले अगाडि बढाउनुपर्छ । अर्को उपाय हामीसँग छैन ।

यहाँ कुटनीतिक पहलभन्दा पनि प्रतिक्रिया बढी छ । चुनाव जित्न राष्ट्रियताका विषय हल्का भए भन्न मिल्छ कि मिल्दैन ?

– सीमाको विषय अन्यन्त संवेदनशील हो । यस्तो विषयलाई उहाँले सार्वजनिक रुपमा यसरी नबोल्दा नै राम्रो हुन्थ्यो । उहाँसँग कुनै सूचना भए पनि नबोलेको भए बेस हुन्थ्यो । गम्भीर विषय भएकाले कूटनीतिक हिसाबले नै जानुपर्छ ।

नयाँ नक्सा बनाउँदा भारतले प्रधानमन्त्री ओलीबाट सहमति पाएको हो भन्ने विषयमा कांग्रेसका नेताहरूबीच छलफल भएको छ कि छैन ?

– प्रधानमन्त्रीले सहमति दिएका छन् कि छैनन् भनेर मैले भन्न सक्दिनँ । किनकि मलाई यस विषयमा जानकारी नै छैन । अब हामीले पार्टी सभापतिले कुन सन्दर्भमा यस्तो गम्भीर विषय सार्वजनिक रुपमा उठाउनु भएको हो, त्यो हेर्नुपर्छ । अर्को, सीमा मिचिएको सन्दर्भमा सरकारले शुक्रबार नै भारत सरकारलाई ‘कूटनीतिक पत्राचार’ गरेको छ । त्यसमा के उल्लेख गरिएको छ, त्यसलाई पनि हामीले बुझ्नुपर्छ । हाम्रो जमिन हो भनेर पुष्टि गर्ने हरेक प्रमाण हामीसँग पर्याप्त मात्रामा छन् । कसैलाई लाञ्छना लगाएर राम्रो हुँदैन । राष्ट्रियताको विषय संवेदनशील हुन्छ, जुन एक भएर समस्याको समाधान निकाल्नु पर्छ ।

प्रधानमन्त्रीले साँच्चै मुलुकको भूमि अतिक्रमण गर्न भारतलाई सहमति दिएका हुन् भने चुनावी आमसभामा भाषण गरेर मात्रै पुग्छ कि, भूमि फिर्ता ल्याउने अठोट चाहिन्छ ? तपाईंको भनाइ के छ ?

– सीमा मिचिएको विषय आन्दोलन गरेर समाधान हुने विषय होइन । नेपालमा मात्रै होइन, विश्वका अधिकांश मुलुकमा जमीनको लडाई हुन्छ, पानीको लडाइँ हुन्छ । लडाइँ भइरहेका उदाहरण पनि छन् । अमेरिका र क्यानडामा ‘नायग्रा फल्स’का विषयमा करिब दुई सय वर्षदेखि विवाद चलिरहेको छ । छिमेकी मुलुक भारतमा प्रदेश–प्रदेशबीचको लडाइँ करीब ७० वर्षदेखि चलिरहेको छ । भारत र चीनबीच सीमाका विषयमा लडाइँ हुँदै आएको छ । नेपाल र भारतबीचमा सिमाका विषयमा विवाद भइरहेको छ । यो विषय राजनीतिक विषय भएकाले राजनीतिक र कुटनीतिक हिसाबमा सल्टाउनु पर्छ । सिमाको विषय आन्दोलन गरेर सल्टिने म देख्दिनँ ।

कांग्रेसको चिन्तन दरिद्र अवस्थामा पुगिसकेछ : वामदेव गौतम, नेकपा नेता

प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवाले भारतले प्रधानमन्त्री ओलीकै सहमतिमा नयाँ नक्सा जारी गरेको हो, ओलीको राष्ट्रवाद कालापानीमा पुगेर लम्पसारवादमा परिणत भइसकेको छ भन्नुभएको छ । यसमा सत्तारुढ दल नेकपाको प्रतिक्रिया के छ ?

– त्यसरी भन्नुभएको हो भने उहाँको दिव्यदृष्टि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भन्दा पनि तगडा हुनुपर्छ । देउवालाई त अब भगवान्को अवतारै भन्नुपर्ला । होइन भने योभन्दा ठूलो झुट र निराधार कुरा अरू केही पनि हुन सक्दैन । कांग्रेसमा राजनीतिक चिन्तनको स्खलन अत्यन्त दरिद्र अवस्थामा पुगिसकेछ, विचार अन्तिम–अन्तिम र अझ समाप्तिको अवस्थामा पुगिसकेछ भन्न सकिन्छ । कांग्रेसलाई योबाहेक अरू केही भन्न सकिन्न ।

प्रधानमन्त्रीले बालुवाटारमा डाकेको सर्वदलीय बैठकमा देउवा पनि हुनुहुन्थ्यो, त्यहाँ उहाँले लिपुलेक, लिम्पियाधुरा र कालापानीको मुद्दामा ओली सरकारले सम्झौता गरेको छ भन्दै असहमति राख्नुभएको थियो कि थिएन ?

– आजसम्म यस्ता कुरा कसैले पनि भनेका थिएनन् । उहाँले कसरी भन्नुभो भन्न सकिन्न । त्यो उहाँको उटपट्याङ कुरा हो ।

सीमा समस्याका सम्बन्धमा अहिले नेपालले जुन पहल लिइरहेको छ, त्यसले हामीलाई सही बाटोमा लगिरहेको छ कि अझ अग्रसरता आवश्यक छ ?

– सकारात्मक पहल भइरहेको छ । अब लिम्पियाधुरासम्मको नेपाली भूभाग समेटिएको नक्सा हामीले तुरुन्त जारी गर्नुपर्छ । भारतीय फौज कालापानीबाट हटाउनका निम्ति नेपाल सरकारले भारतसँग तुरुन्त वार्ता शुरू गर्नुपर्छ । हामीले जोड दिएर तत्काल फौज हटाउन दबाब दिनुपर्छ ।

लिम्पियाधुरा मुहान भएको महाकाली नदीको पानीको उपयोगको सम्बन्धमा भएको महाकाली सन्धी अलपत्र छ । सन्धी कार्यान्वयन पनि भएको छैन, खारेज पनि भएको छैन । त्यो सन्धीको प्रखर विरोध तपाईंले गर्नुभएको हो । सन्धीमाथिको अन्यौल कसरी अन्त्य गर्ने होला ?

– हो, महाकाली नदीको एकीकृत विकाससम्बन्धी सन्धी नेपालले गरेको छ । त्यो त हामीले गलत छ भनेर विगतमा ठूलो आन्दोलन नै र्गयौं, आन्दोलनकै दौरानमा हामीले सबै कुरा थाहा पायौं । ३ सय ९५ वर्ग किमी भूमि मिचिएको थाहा पायौं । आन्दोलन र्गयौं, त्यसबेलै सजिलैसँग भूमि फिर्ता आउने सम्भावना देखेका थिएनौं । तर, हामीले अझ शक्तिका साथ पहल गर्नुपर्छ । लिम्पियाधुरादेखि कालापानीसम्मको अतिक्रमित भूमि तपाईंले कति समयभित्र फिर्ता गर्न सक्नुहुन्छ भनेर हिजोमात्रै कसैले सोधेको थियो । त्यहाँ मैले जवाफ दिएको छु– नेपालले एक डेढ वर्ष्भित्रमा मिचिएको भूमिबाट भारतीय सेना फर्काउनेछ र त्यसपछि हाम्रो भूमि सदासदाका लागि हामीसँगै रहनेछ ।

८ मंसिर २०७६, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको