कात्तिक ७, काठमाडौं । चर्चित र्यापर भिटेनलाई अभद्र व्यवहारको मु’द्दा चलाइने भएको छ । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले उनलाई बिहीबार जाउलाखेलबाट पक्राउ गरेको थियो ।
पछिल्लो गीत ‘यस्तै त हो नि ब्रो’मा भएका शब्दहरु र फेसबुकमा राखेको तस्वीरलाई लिएर पक्राउ गरिएको महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिए ।
भिटेनले आफ्नो आधिकारिक फेसबुक अकाउन्टमा असोज २९ गते प्रहरीको बर्दी लगाएर चुरोट तानिरहेको र हातले गाँजा केलाइरहेको तस्बिर अपलोड गरेका थिए ।
उनको उक्त तस्बिरलाई २० हजार बढीले लाइक गरेका छन् भने एक हजार बढीले कमेन्ट गरेका छन् । यस्तै, उक्त तस्बिर १२ सय बढी पटक सेयर गरिएको छ ।
पक्राउ परे लगतै उनको यो गीतलाई युट्युबबाट हटाउन लगाइएको थियो । उनलाई अभद्र व्यवहारको मु’द्दा चलाइन महानगरीय प्रहरी वृत्त ललितपुर पठाइएको छ ।
प्रतिक्रिया दिनुहोस