कात्तिक ७, रौतहट । बुध कब्जा गर्न तयार पारेको ब’म वि’स्फोट हुँदा मा’रिएका भनिएका व्यक्तिलाई इँटाभट्टामा लैजान प्रयोग भएको ट्र्याक्टर प्रहरीले बरामद गरेको छ ।
बरामद ट्र्याक्टर आफताव आलमका भाइ मो. महताव आलमको भएको प्रहरीको दाबी छ ।
आलमका काका शेष इद्रिसको सानो घरमा ब’म वि’स्फोट भएको र घाइतेलाई ना १ त ६४७२ नम्बरको ट्र्याक्टरमा राखेर इँटाभट्टामा लगिएको थियो । उनीहरुलाई ज’लाएको आलममाथि आरोप छ ।
प्रहरीका अनुसार प्रमाण मेटाउने उद्देश्यले उक्त ट्र्याक्टर आलमका भाइ महतावले ०६७ असार २३ गते बेचेका थिए । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा फणि महतले लेखेका छन् ।
प्रतिक्रिया दिनुहोस