सरोज पङ्हाङ्गो, २३ सेप्टेम्बर २०१९ । संयुक्त अरब ईमेरेट्स (दुबई) मा रहेका लिम्बूहरुको साझा संगठन किरात याक्थुङ चुम्लुङ (कियाचु) युएईको पाँचौं राष्ट्रिय अधिबेशन सम्पन्न भएको छ । २०-सेप्टेम्बर, २०१९ शुक्रबारको दिन सम्पन्न उक्त अधिबेशन बरदुबई अवस्थित सिन्दपन्जाब रेष्टुरेन्टको सभाहलमा सम्पन्न भएको थियो ।
कियाचु, युएईको केन्द्रिय कार्यसमिति गठनको लागि कियाचु, युएईको पाँचौं राष्ट्रिय अधिबेशन संयोजक समितिले गत ४-सेप्टेम्बर, २०१९ को दिन गरेको उम्मेद्वारी आब्हान अनुसार अधिबेशन संयोजक समितिमा दर्ता भएका अध्यक्ष पद बाहेक अन्य सबै पदका दाबेदार उम्मेदवार निर्बिरोध निर्बाचित भएता पनि अध्यक्ष पदको लागि भने भुतपुर्ब सलाहकार गजबहादुर (टेक) वनेम र भुतपुर्ब प्रबक्ता दीपराज नेयोङ्हाङको दोहोरो उम्मेद्वारी परेको हुनाले युएईमा रहेका लिम्बू समुदाय बीच अधिबेशनको माहौल निकै तातिएको अवस्थामा संयोजक समितिले कुशलता पुर्बक दुई उम्मेद्वारहरु बीच सहजीकरण गरि गजबहादुर (टेक) वनेमको पक्षमा बिपक्षी उम्मेदवार दीपराज नेयोङ्हाङको सहमति जुटाई अधिबेशनको २ दिन अघि आफ्नो उम्मेदवार फिर्ता गराउने सहमति गर्न सफल भए पश्चात संस्थाको अध्यक्ष पदमा गजबहादुर (टेक) वनेम निर्बिरोध निर्बाचित भएका हुन ।
तत्कालिन कार्यबाहक अध्यक्ष राजु कुरुम्बाङको अध्यक्षतामा सम्पन्न पहिलो बन्दसत्र सेसनमा आर्थिक प्रतिबेदन प्रस्तुत गर्दै कोषाध्यक्ष योगेश निङ्लेकूले कियाचु, युएईको २०१७-२०१९ कार्यकालको कुल आय रकम ७२७३१ धिराहाम र कुल खर्च ६९३६३ धिराहाम भएकोले तत्कालिन अवस्थामा संस्थाको कोषमा ३३६८ धिराहाम अक्षरेपी तीन हजार तीन सय अरसट्ठि धिराम रहेको जानकारी दिनु भएको यस पहिलो बन्दसत्र सेसनमा महासचिब डम्बर लिबाङद्वारा प्रस्तुत संगठनिक कार्य प्रतिबेदन अनुसार २०१७-२०१९ कार्यकालमा नेपालमा विभिन्न रोगबाट पीडित बिरामीहरुको उपचारार्थ सहयोग, बिकास निर्माण र युएईबाट मानबिय उद्दार सहयोगको लागि कियाचु, युएईको पहलमा कुल रकम २२२९८ धिराहाम आर्थिक सहयोग भएको स्पस्ट भएको छ ।
कार्यसमितिद्वारा प्रस्तुत विभिन्न प्रतिबेदन तथा कार्यनीति सम्बन्धित काम कारबाही प्रमाणित गरि सके पश्चात पहिलो बन्दसत्र सेसनका सभापति कार्यबाहक अध्यक्ष राजु कुरुम्बाङले पहिलो बन्दसत्र सेसन समाप्त भएको घोषणा संगै विधिवत रुपमा चौथो अधिबेशनबाट गठित कार्यसमिति २०१७-२०१९ बिगठन गरे पछि पाँचौं राष्ट्रिय अधिबेशन संयोजक समितिका संयोजक डम्बर लिबाङको अध्यक्षतामा सुरु भएको दोस्रो बन्दसत्र सेसनबाट अधिबेशन संयोजक समितिले घोषणा गरे बमोजिम निर्बिरोध निर्बाचित उम्मेदवारहरुको आधारमा गजबहादुर (टेक) वनेमको अध्यक्षतामा पहिलो उपाध्यक्ष: कमल लावती, दोस्रो: उपाध्यक्ष: सर्मिला पंधाक, महासचिब: सुबास बेघा, सचिब: बिक्रम पंधाक, प्रबक्ता: बिराज केरुङ, कोषाध्यक्ष: मनिषा खाम्दाक, सह-कोषाध्यक्ष: सुनिता पाङ्मा, कार्यकारी सदस्यहरु: खड्ग सिङ्जाङ्गो, गोबिन्द लुम्फुङ्वा, दुर्गा थक्लेन, उदिप ओख्राबो, बुद्धसिं लिङ्देन, बिशाल लिङ्देन, सुरेशकुमार फागो, एलुन लिङ्देन, सीतादेबी सुब्बा, ललित तुम्रोक, हंसराज केरुङ, सुन्दर लावती र कार्यसमितिको निर्णयले २ जना कार्यकारी सदस्य चयन गर्न सक्ने निर्णय गरि २३ सदशिय केन्द्रिय कार्यसमिति गठन गरे पछि दोस्रो बन्दसत्र सेसन समाप्त भएको थियो भने दुवै सेसनको बन्दसत्रको कार्यक्रम भुतपुर्ब प्रबक्ता दीपराज नेयोङ्हाङले संचालन गर्नु भएको थियो ।
बेलुकी ५:३० मा कियाचु, युएईका भुतपुर्ब संस्थापक अध्यक्ष पिएस निङ्लेकूको अध्यक्षतामा सुरु भएको खुल्लासत्रमा आधिकारिक रुपमा नव गठित कार्यसमिति घोषणा भए पश्चात सम्पूर्ण पदाधिकारी तथा कार्यकारी सदस्यहरुलाई सभाका सभापति पिएस निङ्लेकूको हातबाट प्रमाण-पत्र हस्तान्तरण गरिएको यस प्रमाण-पत्र वितरण कार्यक्रममा प्रमुख अतिथि नेपाल आदिबासी जनजाति महासंघ, युएईका बर्तमान अध्यक्ष महेश मोक्तानले खादा ओढाएर निर्बाचित पदाधिकारी तथा कार्यकारी सदस्यहरुलाई सम्मान गर्नु भएको थियो ।
सरोज पङ्हाङ्गोद्वारा संचालित यस अधिबेशन समारोहलाई सम्बोधन गर्दै नव निर्बाचित अध्यक्ष गजबहादुर (टेक) वनेम ज्यूले बिधानत तोकिएका संस्थाका काम कारबाही संचालन गर्ने क्रममा संस्थाको बिकासको लागि लिम्बूजन्य संगठनहरु किरात धर्म तथा साहित्य उत्थान संघ, युएई, लिम्बुवान सामाजिक मंच, युएई र युमा संयो महासभा, युएई लगायत युएईमा रहेका सम्पूर्ण लिम्बूहरूसंग समयानात्मक सहकार्य गर्दै लिम्बू समुदायको हक अधिकार स्थापित र समुदायको बिकासको लागि कियाचु, युएईका भुतपुर्ब पदाधिकारीहरु, कियाचु, नेपाल, नेपाल आदिबासी जनजाति महासंघ, युएईसंग हातोमालो गरि नेपाली राजदुताबास अबुधाबी र युएईमा क्रियाशील अन्य सामाजिक संगठनहरुसंग संस्थागत सहकार्य गर्ने गराउने वातावरण सृजना गरि संस्थाको सामाजिक, आर्थिक, सांगठानिक र नैतिक रुपमा विकास गर्न गराउन ससक्त पहल गर्ने प्रतिबद्दता जाहेर गर्नु भएको थियो ।
स्वागत मन्तब्यको क्रममा समारोहलाई सम्बोधन गर्दै जातिय पहिचान स्थापित गर्ने सवालमा संस्थाको नेतृत्व तहका पदाधिकारीहरुले अबको दिनमा जातिय पहिचान बिरोधि पार्टीहरुको आडमा रहेर उनीहरुको ईसारामा संस्थागत कार्य संचालन तथा सम्पादन गरेर लिम्बू समुदायको जातिय भाषिक, धार्मिक, सांस्कृतिक र सामाजिक उन्मुक्ति गर्न नसकिने जिकिर राख्दै नव निर्बाचित कार्यसमितिलाई यस्ता कार्यबाट टाढा रहन आग्रह गर्नु भएको यस कार्यक्रममा संस्थाको स्थापनाकालदेखि कियाचु, युएईको नेतृत्व तहमा रही संस्थाको उन्नति र बिकासको लागि बिशेष योगदान पुर्याए बापत कियाचु, युएईका भुतपुर्ब अध्यक्ष सरोज पङ्हाङ्गोलाई सम्मान-पत्र हस्तान्तरण गरि दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
संघिय लिम्बुवान सामाजिक मंच, युएईका अध्यक्ष: लासाङ निङ्लेकू, किरात धर्म तथा साहित्य उत्थान संघ, युएईकि अध्यक्ष: शिवरात्री नाल्बो, युमा संयो महासभा, युएईका अध्यक्ष: जेडी ईमेहाङ र ताप्लेजुङ समाज सेवा, युएईकि अध्यक्ष: सोनी भण्डारीले शुभकामना मन्तब्य दिनु भएको उक्त अधिबेशनलाई सम्बोधन गर्दै प्रमुख अतिथि नेपाल आदिबासी जनजाति महासंघ, युएईका बर्तमान अध्यक्ष: महेश मोक्तानले महासंघमा आवद्ध हरेक जातिय संगठनको संगठनिक, आर्थिक र नेतृत्व विकासको लागि ‘३० मिनट विथ नेफिन प्रेसिडेन्ट’ योजना अन्तर्गत कार्यक्रम संचालन गरेर संस्थाको आर्थिक विकास र संस्थाको नेतृत्व तहमा रहेका पदाधिकारीहरुको नेतृत्व विकासको लागि आवस्यक प्रशिक्षण कार्यक्रमहरु संचालन गर्दै महासंघमा आवद्ध हरेक जातिय संगठनको विकास गर्न गराउन सहकार्यको लागि आफु लगायत आफ्नो नेतृत्वमा रहेको कार्यसमिति तत्पर रहेको जानकारी दिनु भएको थियो ।
नव गठित कार्यसमितिलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना दिदै सभाका सभापति पिएस निङ्लेकूले साँझ ७ बजे कियाचु, युएईको पाँचौं राष्ट्रिय अधिबेशन समाप्त भएको घोषणा गरे संगै समाप्त भएको यस अधिबेशन सभामा तामाङ समाज, युएईका उपाध्यक्ष जितेन्द्र तमू, तमु संघ, युएईकि अध्यक्ष: उसा तमूस्यो, किरात राई यायोक्खा युएई शाखाका महासचिब धनकृष्ण राई, सुनुवार सेवा समाज, युएईका अध्यक्ष: नरबहादुर सुनुवार, प्रवासी भुजेल समाज सेवा समिति, युएईका अध्यक्ष: सुर्य भुजेल, अन्तराष्ट्रिय नेपाली समुदाय, युएईका अध्यक्ष: मुन्प्रसाद गुरुङ, तेह्रथुम समाज, युएईका सदस्य गोबिन्द लुम्फुङ्वा लगायतका संस्थागत प्रतिनिधिहरुको आतिथ्य रहेको थियो ।
प्रतिक्रिया दिनुहोस