रियल मड्रिडले नेइमारको चोटपटक बारे पीएसजीबाट जानकारी लिँदै


भदौ ७, एजेन्सी । पीएसजीका स्टार नेइमार जुनियर अनुबन्ध गर्न रियल मड्रिड चासो देखाइरहेको छ। त्यसैले मड्रिडले अहिले नेइमारको चोटपटक बारे पीएसजीबाट जानकारी लिइरहेको जनाइएको छ।

नेइमारको खुट्टामा चोट लाग्दा गत सिजन उनले आधा सिजनबाट सबै खेल गुमाउनु परेको थियो। मार्काका अनुसार मड्रिड पीएसजीबाट यो आश्वासन चाहन्छ कि नेमार शारीरिक रुपमा फिट छन्।

मड्रिडले नेइमारको हालसम्मका सबै चोटपटक बारे जानकारी लिइरहेको जनाइएको छ। मड्रिडले पीएसजीबाट नेमारको चोटपटक बारे पूर्ण जानकारी पाएपछि उनको ट्रान्सफरबारे सबै विषय सार्वजनिक हुनेछन्।

अर्कोतिर नेइमारलाई फर्काउन पुर्बक्लब बार्सिलोना पनि सक्रिय रहेको छ ।

७ भाद्र २०७६, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको