असार ९, काठमाडौँ । सामाजिक अभियन्ता एबम अन्तर्राष्ट्रियस्तरका मोटिभेटर नरबहादुर कार्कीलाई काठमाडौँबाट प्रहरीले पक्राउ गरेको छ ।
नेपाल कम्युनिष्ट पार्टीका युवा नेता समेत रहेका सामाजिक अभियन्ता एबम अन्तर्राष्ट्रियस्तरका मोटिभेटर कार्कीलाई महानगरीय अपराध महाशाखा र काठमाडौं प्रहरीको संयुक्त टोलीले राजधानीको बालुवाटारस्थित नेपाल हाउसबाट सोमबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
‘मोटिभेसनल स्पिकर’का रुपमा स्थापित कार्की पछिल्लो समय विप्लव नेतृत्वको नेकपामा प्रवेश गरेका थिए । उनि रेखा थापाले अभिनय गरेको फिल्म मालिकाका निर्माता समेत हुन् । पक्राउपछि उनलाई महानगरीय प्रहरी परिसर टेकुमा राखिएको बताइएको छ ।
यस्तै मोरङ जिल्लाको बेलबारी नगरपालिका-४ वाट जिल्ला जनसरकार प्रमुखसहित दुई जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा जिल्ला जनसरकार प्रमुख समेत रहेका सुन्दर हरैचा नगरपालिका वडा नम्बर १२ बस्ने ४३ वर्षीय अधोक राई र कानेपोखरी गाउँपालिका वडा न ६ बस्ने ३४ वर्षीय कान्छा माझि “धिमाल रहेका छन् ।
उनीहरुको साथबाट पेस्तोल २ थान, म्यागजिन ४ थान र २४ राउण्ड गोली बरामद गरिएको प्रहरीले दाबी गरे पनि बिद्रोही नेकपाका तर्फबाट अहिलेसम्म कुनै आधिकारिक जानकारी सार्वजनिक भएको छैन ।
प्रतिक्रिया दिनुहोस