लोकसेवाले १५ जेठमा ८ हजारको संख्यामा भर्ना खुलाउँदै


जेठ १०, काठमाडौँ । लोकसेवा आयोगले आगामी १५ जेठमा पहिलो चरणअन्तर्गत ८ हजार पदमा कर्मचारी भर्नाका लागि विज्ञापन आह्वान गर्ने भएको छ ।

राजधानी दैनिकमा खबर छापिएको छ, आयोगले लामो अन्योल चिर्दै ठूलो संख्यामा कर्मचारी भर्नाको नयाँ प्रक्रिया थालेको हो ।

आयोगले स्थानीय तहका लागि कर्मचारी भर्ना प्रक्रियाको कार्यतालिका सार्वजनिक गर्दै भर्ना खुलाउने औपचारिक घोषणा गरेको हो ।
आयोगले बिहीबार स्थानीय तहका पदको पदपूर्तिसम्बन्धी विशेष कार्यतालिका सार्वजनिक गर्दै जेठको तेस्रो बुधबार खुलातर्फको पदपूर्तिको विज्ञापन आह्वान गरिने जानकारी दिएको छ ।

कार्यतालिकाअनुसार चौथो, पाँचौं, छैटौं र नवौं तहसम्मका विभिन्न प्राविधिक तथा अप्राविधिक पदमा खुला प्रतिस्पर्धाका लागि विज्ञापन आह्वान गरिनेछ । आयोगका प्रवक्ता किरणराज शर्माका अनुसार हाल खुला प्रतिस्पर्धाका आधारमा लिइने पदका लागि मात्रै विज्ञापन आह्वान गर्न लागिएको हो ।

आन्तरिक प्रतिस्पर्धाका लागि भने छिट्टै अर्को प्रक्रिया सुरु गर्ने आयोगको तयारी छ । खुला प्रतिस्पर्धाका लागि झन्डै ८ हजारको संख्यामा विज्ञापन आह्वान हुने आयोगको आँकलन छ ।

यस्तो छ कार्यतालिका

लोकसेवा आयोगले प्रकाशित गरेको कार्यतालिका अनुसार नवौं तहका अप्राविधिक÷प्राविधिक पदमा खुला प्रतिस्पर्धाका लागि लिइने परीक्षाको लिखित परीक्षा आगामी भदौमा हुनेछ भने नतिजा प्रकाशन असोजमा हुनेछ । यसैगरी, अन्तर्वार्ता र सिफारिस कात्तिकमा गरिनेछ ।

छैटौं तहका अप्राविधिक पदको पहिलो चरणको लिखित परीक्षा साउनमा सञ्चालन हुनेछ र साउनमै नतिजा प्रकाशन हुनेछ । त्यस्तै, द्वितीय चरणको लिखित परीक्षा भदौ–असोजमा हुनेछ भने असोज÷कार्तिकमा नतिजा प्रकाशन भई कार्तिक÷मंसिरमा अन्तर्वार्ता र सिफारिस गरिनेछ ।

त्यस्तै, छैटौं तहका प्राविधिक पदको पहिलो चरणको लिखित परिक्षण साउनमा सञ्चालन हुनेछ र साउनमै नतिजा प्रकाशन हुनेछ । त्यस्तै, द्वितीय चरणको लिखित परीक्षा सञ्चालन भदौ÷असोज मा हुनेछ भने कात्तिकमा नतिजा प्रकाशन तथा कात्तिक÷मंसिरमा अन्तर्वार्ता र सिफारिस हुनेछ ।

पाँचौं तहका अप्राविधिक पदको पहिलो चरणको लिखित परीक्षा साउनमा सञ्चालन हुनेछ र साउनमै नतिजा प्रकाशन हुनेछ । त्यस्तै, द्वितीय चरणको लिखित परीक्षा सञ्चालन भदौ/असोजमा हुनेछ । असोज/कात्तिकमा नतिजा प्रकाशन हुने र कात्तिक/मंसिरमा अन्तर्वार्ता र सिफारिस गरिने आयोगको कार्यतालिकामा उल्लेख छ ।

यसैगरी, पाँचौं तहका प्राविधिक पदको लिखित परीक्षा साउन/भदौा सञ्चालन हुनेछ । भदौमा नतिजा हुने र भदौ/असोजमा अन्तर्वार्ता र सिफारिस गरिनेछ ।

चौथो तहतर्फका अप्राविधिक पदहरूको पहिलो चरणको लिखित परीक्षा साउनमा सञ्चालन हुनेछ र साउनमै नतिजा प्रकाशन हुनेछ । त्यस्तै, द्वितीय चरणको लिखित परीक्षा सञ्चालन भदौ/असोजमा हुनेछ ।

असोज/कात्तिकमा नतिजा प्रकाशन हुने र कात्तिक/मंसिरमा अन्तर्वार्ता र सिफारिस गरिने आयोगको कार्यतालिकामा उल्लेख छ ।
त्यस्तै, प्राविधिक पदको लिखित परीक्षा साउन/भदौमा सञ्चालन हुनेछ । भदौमा नतिजा प्रकाशन हुने तथा भदौ/असोजमा अन्तर्वार्ता र सिफारिस गरिने आयोगले जानकारी गराएको छ ।

आयोगले परीक्षाका लागि स्थानीय तह लक्षित पाठ्यक्रम निर्माण गरी स्वीकृतिको प्रक्रियामा रहेको बताएको छ । पाठ्यक्रम पद र तहअनुसार फरक फरक हुनेछन् ।

१० जेष्ठ २०७६, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको