नेकपा सल्यानका अध्यक्ष र सचिवलाई कर्णालीका अर्थमन्त्री ज्वालाको बधाई


शंकर के सी/बैशाख ११, सल्यान । कर्णाली प्रदेश सरकारका अर्थमन्त्री तथा नेकपाका नेता प्रकाश ज्वालाले नेकपा सल्यानमा मनोनित भएका अध्यक्ष र सचिवलाइ भेटेर बधाइ दिएका छन् ।

बुधबार सल्यान सललीबजारमा नेकपा सल्यानका अध्यक्ष गोविन्द पुन र सचिव कर्ण बहादुर बुढाथोकीलाइ बधाइ दिदै ज्वालाले पार्टिलाइ मजबुत बनाएर अघि बढ्न आग्रह गरे ।

वधाईसँगै शुभकामना आदान प्रदान कार्यक्रममा नेकपाका अगुवा नेता तथा कार्यकर्ताहरुको वाक्लो उपस्थिती रहेको थियो ।

सो अवसरमा मन्त्री ज्वालालाई विकास निर्माणका वारेमा कार्यकर्ताले चासो राखेका थिए । सल्लीवजार रुकुम चौहरजारी सडक खण्ड अलपत्र परेको विषय कार्यकर्ताले उठान गरेका थिए ।

जवाफमा मन्त्री ज्वालाले सल्लीवजार रुकुम चौहरजारी सडकको काम केहि कानुनी जटीलताको कारण अघि वढ्न नसकेको कामताए । उक्त अव छिटै काम सुचारु हुने र १ वर्ष भित्र स्तरउन्नतीसँगै पिचको काम सकिने समेत उनले ठोकुवा गरे । सडक डिभिजन कार्यलय दाङले कर्णाली प्रदेशलाई सडक हस्तानतरण गरेको तर रकम नपठाउँदा समस्या भएको अवगत गराउदै उनले अव छिटै काम सुरु हुने बताए ।

सडक, विद्युत र अन्य विकासका सरोकारका विषयमा नेकपा सल्यानका अध्यक्ष तथा बनगाड कुपिण्डे नगर प्रमुख गोविन्द कुमार पुनले मन्त्रीको ध्यानकर्षण गराएका थिए ।

सल्लीवजार रुकुम चौहरजारि सडक र वालुवासँग्रहि खलंगा सडक १ वर्ष भित्रमा पिच गर्ने मन्त्री ज्वालाले बचन गरे । विकासको लागि आफु आतुर रहेको र तर विभिन्न कार्यन्वयनको पाटोमा झन्झटीलो भएकोले विनीयोजित वजेट खर्च हुन नसकेकोमा चिन्ता ब्यक्त गरे ।

११ बैशाख २०७६, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको