५३ नेतालाई दोहोरो जिम्मेवारी दिएपछि तिब्र असन्तुष्टि, कहाँबाट को-को छन? (नामसहित)


बैशाख ११, काठमाडौं । नेकपाका ७७ जिल्ला अध्यक्ष र सचिव बनाइएका १५४ नेतामध्ये ५३ जनाले दोहोरो जिम्मेवारी पाएका छन् । केही नेताले भने तेहेरो जिम्मेवारी पाएका छन् ।

यो खबर अन्नपूर्ण पोष्टमा खबर छ । प्रतिनिधिसभाका ११, राष्ट्रियसभाका १, प्रदेशसभाका २४ र स्थानीय तहका जनप्रतिनिधि सात गरी ४३ जना नेताले जिल्ला अध्यक्ष र सचिवको जिम्मेवारी पाएका छन् ।

नेकपाले पार्टी केन्द्रीय समितिकै १६ नेतालाई जिल्ला कमिटीको अध्यक्ष र सचिवको जिम्मा दिएको छ । सात केन्द्रीय सदस्य जिल्ला कमिटी अध्यक्ष भएका छन् भने ९ जना सचिव भएका छन् । नेताहरुलाई दोहोरो जिम्मेवारी दिएपछि नेकपाभित्र असन्तुष्टि बढेको छ । यस्तै कतिपयले पदीय जिम्मेवारी त्यागेका छन् ।

प्रचण्डसँग गुनासो

जिम्मेवारी दिँदा पदीय हैसियत नमिलाएको भन्दै केही नेताहरूले नेकपा अध्यक्ष पुष्पकमल दाहालसँग गुनासो गरेका छन् । गुनासो गर्नेमा तत्कालीन एमालेका भन्दा माओवादी पृष्ठभूमिका बढी छन् । केन्द्रीय सदस्य पनि भएका तर जिल्ला सचिवको जिम्मेवारी पाएका नेताहरूले अध्यक्ष दाहाललाई असहमतिपत्र बुझाए ।

प्रतिनिधिसभाका ११, राष्ट्रियसभाका १, प्रदेशसभाका २४ र स्थानीय जनप्रतिनिधि ७ गरी ४३ जनाले जिल्ला अध्यक्ष र सचिवको जिम्मेवारी पाएका छन् । केन्द्रीय समितिका १६ नेता जिल्ला अध्यक्ष र सचिव भएका छन् ।

रौतहट जिल्ला सचिवको जिम्मेवारी पाएका केन्द्रीय सदस्य युवराज भट्टराई, महोत्तरी जिल्ला अध्यक्षको जिम्मेवारी पाएका केन्द्रीय सदस्य राजु खड्कालागायतले मंगलबार बिहान अध्यक्ष दाहाललाई भेटी गुनासो गरेका हुन् ।

भट्टराईले आफूले उक्त जिम्मेवारी लिन नसक्ने भन्दै दाहाललाई अस्वीकारपत्र बुझाएका छन् । डाचाराज वाग्लेलगायत नेताले एसएमएसमार्फत आफू सचिवमा बस्न नसक्ने जानकारी दाहाललाई गराएका छन् ।

काठमाडौं सचिव हिमाल शर्माले सामाजिक सञ्जालबाटै सचिवको जिम्मेवारी अस्वीकार गरेका छन् । सात जिल्ला अध्यक्ष र नौ जिल्ला सचिव केन्द्रीय समितिबाट छन् । मोरङ र काठमाडौंका जिल्ला अध्यक्ष र सचिव दुवै केन्द्रीय समितिबाट परेका हुन् ।

रौतहट, धनुषा, सर्लाही, सिन्धुपाल्चोक, धादिङ, रुपन्देही र सिरहाका अध्यक्ष केन्द्रीय समितिमा छैनन् । असहमति जनाउन पुगेका नेताहरूलाई दाहालले कमिटीमा नबस्ने अवस्थामा असहमतिपत्र बुझाए उक्त स्थानमा अर्काे व्यक्तिलाई जिम्मेवारी दिने समझदारी शीर्ष तहमा भएको बताएका थिए ।

यी हुन् दोहोरो जिम्मेवारी पाउने नेता

प्रदेश –१

विनोद ढकाल, मोरङ जिल्ला अध्यक्ष, पार्टी केन्द्रीय सदस्य
गोपीबहादुर अछामी, मोरङ जिल्ला सचिव, पार्टी केन्द्रीय सदस्य

राजेन्द्र राई, धनकुटा जिल्ला अध्यक्ष, केन्द्रीय सदस्य, प्रतिनिधिसभा सदस्य
राम राना, इलाम अध्यक्ष, प्रदेश सांसद
लक्ष्मण तिवारी, तेह्रथुम अध्यक्ष, प्रदेश सांसद

प्रेमकुमार राई, भोजपुर अध्यक्ष, हतुवागढी नगरपालिका अध्यक्ष
मोहनबहादुर खड्का, ओखलढुंगा अध्यक्ष, प्रदेश सांसद
मोहन श्रेष्ठ, ओखलढुंगा सचिव, सिद्धिचरण नगर प्रमुख

प्रदेश –२

अशोक मण्डल, सप्तरी अध्यक्ष, पार्टी केन्द्रीय सदस्य
गोविन्द न्यौपाने, सप्तरी सचिव, प्रदेश सांसद

रामकुमार यादव, सिरहा अध्यक्ष, प्रदेश सांसद
प्रमोदनारायण यादव, सिरहा सचिव, पार्टी केन्द्रीय सदस्य
राजकिशोर यादव, धनुषा अध्यक्ष, पार्टी केन्द्रीय सदस्य
श्रवण यादव, धनुषा सचिव, पार्टी केन्द्रीय सदस्य

राजु खड्का, महोत्तरी जिल्ला अध्यक्ष, पार्टी केन्द्रीय सदस्य
डाचाराज वाग्ले, सर्लाही सचिव, पार्टी केन्द्रीय सदस्य
युवराज भट्टराई, रौतहट सचिव, पार्टी केन्द्रीय सदस्य
सुन्दर विश्वकर्मा, बारा सचिव, प्रदेश सांसद, नेकपा दल सचेतक

प्रदेश – ३

कृष्णभक्त पोखरेल, चितवन सचिव, प्रतिनिधिसभा सदस्य
मनु सिग्देल, मकवानपुर अध्यक्ष, प्रदेश सांसद
भूमि त्रिपाठी, धादिङ जिल्ला अध्यक्ष, प्रतिनिधिसभा सांसद
शालिकराम जम्मकट्टेल, धादिङ सचिव, प्रदेश सांसद, आन्तरिक मामिला तथा कानुनमन्त्री प्रदेश ३

हीरानाथ खतिवडा, नुवाकोट अध्यक्ष, प्रदेश सांसद
नारायण खतिवडा, नुवाकोट सचिव, प्रतिनिधिसभा सांसद
लेखनाथ दाहाल (राजन), सिन्धुली अध्यक्ष, पार्टी केन्द्रीय सदस्य, प्रदेश सांसद

राजकाजी महर्जन, ललितपुर सचिव, प्रदेश सांसद
कृष्ण राई, काठमाडौं अध्यक्ष, केन्द्रीय सदस्य, प्रतिनिधिसभा सांसद
हिमाल शर्मा, काठमाडौं सचिव, केन्द्रीय सदस्य

गण्डकी प्रदेश

कृष्ण थापा, कास्की अध्यक्ष, प्रतिनिधिसभा सांसद
केदार सिग्देल, तनहुँ अध्यक्ष, प्रतिनिधिसभा सांसद
धनञ्जय दवाडी, लमजुङ सचिव, प्रदेश सांसद

लेखबहादुर थापा, गोरखा अध्यक्ष, प्रदेश सांसद, कृषि तथा सहकारीमन्त्री गण्डकी प्रदेश
पाल्तेन छोयान गुरुङ, मनाङ अध्यक्ष, प्रतिनिधिसभा सांसद
पदम गिरि, पर्वत अध्यक्ष, प्रतिनिधिसभा सांसद
मीनबहादुर गुरुङ, स्याङ्जा सचिव, प्रदेश सांसद

प्रदेश ५

शिवराज उप्रेती, रुपन्देही अध्यक्ष, बुटवल उपमहानगरपालिका प्रमुख
दधिराम न्यौपाने, रुपन्देही सचिव, पार्टी केन्द्रीय सदस्य, प्रदेश सांसद, समिति सभापति
आईपी खरेल, बाँके अध्यक्ष, प्रदेश सांसद

चेतनारायण आचार्य, अर्घाखाँची अध्यक्ष, प्रदेश सांसद
ठाकुर विक, अर्घाखाँची सचिव, सन्धिखर्क नगरपालिका उपप्रमुख
मधुकृष्ण पन्त, गुल्मी अध्यक्ष, छत्रकोट गाउँपालिका अध्यक्ष
नारायण आचार्य, पाल्पा अध्यक्ष, प्रदेश सांसद

कर्णाली प्रदेश

धुव्र शाही, सुर्खेत अध्यक्ष, प्रतिनिधिसभा सांसद
रवीन्द्र शर्मा, दैलेख अध्यक्ष, प्रतिनिधिसभा सांसद
दल रावल, हुम्ला सचिव, प्रदेश सांसद, सामाजिक विकासमन्त्री कर्णाली प्रदेश

गोपाल शर्मा, रुकुम पश्चिम अध्यक्ष, प्रदेश सांसद
करवीर शाही, जाजरकोट सचिव, प्रदेश सांसद
गोविन्द पुन, सल्यान अध्यक्ष, बनगाड कुपिन्डे नगरपालिका मेयर

सुदूरपश्चिम

शेरबहादुर कुँवर, अछाम अध्यक्ष, राष्ट्रियसभा सांसद
तारा लामा, कञ्चनपुर सचिव, प्रदेश सचेतक

कालुबहादुर शाही, बाजुर अध्यक्ष, जगन्नाथ गाउँपालिका अध्यक्ष
प्रेम भट्ट, बैतडी सचिव, प्रदेश सांसद
रतन थापा, कैलाली अध्यक्ष, प्रदेश सांसद

११ बैशाख २०७६, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको