चोरको बिगबिगी बढेपछि सल्यानको थारमारेमा सिसीटिभी क्यामरा जडान


श्रवन देवकाेटा/चैत १०, सल्यान । सल्यानको थारमारेमा सि.सी.टि.भी. क्यामरा जडान गरिएको छ ।

बागचौर नगरपालिका वडा नम्बर २ मा पर्ने थारमारे बजारमा चोरको बिगबिगी बढेपछि सि.सि.टि.भी. क्यामरा जडान गरिएको हो । गत फागुन ११ गते राती एक विद्यालय र कोल्ड स्टोरमा चोरी भएको थियो भने फागुन १५ गते एउटा मोबाइल पसलमा चोरी भएको थियो ।

चोरी भएपछि बागचौर नगरप्रमुख लोकमान बुढाथोकीले सिसीटिभी क्यामरा जडान गर्ने आश्वासन दिएका थिए । यसैक्रममा सिसीटिभी क्यामरा जडान भएपछि आइतबार एक कार्यक्रमका बिच नगरप्रमुख बुढाथोकीद्वारा ईलाका प्रहरी कार्यालय थारमारेलाई क्यामरा निगरानीको लागी हस्तान्तरण गरिएको छ ।

थारमारे बजार क्षेत्रमा हुन सक्ने चोरी, डकैती तथा अन्य नकारात्मक गतिविधिलाई नियन्त्रण गर्ने उद्देश्यका साथ उक्त क्यामरा जडान गरिएको नगरप्रमुख बुढाथोकीले बताए ।

सिसीटिभी ८ वटा ठाउँमा जडान गरिएको छ । यसले थारमारे बजार क्षेत्रको सम्पुर्ण दृश्य क्यामरामा रेकर्ड हुनेछ ।

रेकर्ड भएको डाटा ९० दिनसम्म हेर्न सकिने ईलाका प्रहरी कार्यालय थारमारेका प्रहरी इनिस्पेक्टर प्रमुख लिलाभक्त बादेले लेकाली अनलाइलनलाई बताएका छन् । यसको सबै निगरानी इलाका प्रहरी कार्यालय थारमारेले हेर्ने भएको छ ।

१० चैत्र २०७५, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको