चैत १०, सल्यान । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा निकट अखिल क्रान्तिकारी सल्यानका उपाध्यक्ष भिम ओलीलाई प्रहरीले गिरफ्तार गरेको छ ।
उनलाई सनिबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । गत फगुन २३ गते राप्ती बन्दको क्रममा सल्लेखोलामा ट्रक तोडफोड गरेको अभियोगमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । यसबारे अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।
आफ्नै मेडिकलमा बसीरहेको अवस्थामा प्रहरीले घेरा हालेर पक्राउ गरेको नेकपाले जनाएकाे छ । उनले जिल्लाको बागचौरमा मेडिकल व्यवसायी गर्दै आएका थिए ।
पार्टीमा आस्था भएकै कारण व्वसायी गर्दै आएका कार्यकर्तालाई पक्राउ गरिनु गैरकानुनी भएको नेकपा सल्यानले जनाएको छ । उनलाई प्रहरीले झुटा मुद्दा लगाउन लागेकाे भन्दै त्यसकाे परिनाम नराम्राे आउने नेकपाले बताएकाे छ ।
यसअघि पनि सल्यानमा नेकपाका कार्यकर्ता मदन केसी, गणेश आर.सी. र खुम केसी पक्राउ परेका छन् । उनीहरुलाइ म्याद थप गरेर अनुसन्धान गरिरहेकाे प्रहरीले जनाएकाे छ ।
यसैबिच अखिल क्रान्तिकरी सल्यानले एक प्रेस विज्ञप्ती जारी गरी पक्राउ गरेका नेतालाइ रिहाइकाे माग गरेकाे छ । रिहा नगरिए शैक्षिक हड्ताल गर्ने विज्ञप्तीमा भनिएकाे छ ।
यस्ताे छ विज्ञप्ती
प्रतिक्रिया दिनुहोस