चैत १०, रोल्पा । रोल्पामा एसइई दिने सबै छात्राहरुलाई लक्षित गरी सेनेटरी प्याड प्रदान गरिएको छ ।
आजदेखि शुरु भएको एसइई परिक्षामा सहभागी जिल्लाका झण्डै २ हजार छात्राहरुका लागी जिल्लाभर सेनेटरी प्याडको व्यवस्था गरिएको हो ।
जिल्लाका १७ वटै केन्द्रमा शिक्षा तथा विकास समन्वय इकाई रोल्पाको समन्वय तथा सेभ द चिल्ड्रेनसँगको साझेदारीमा र हुरेक रोल्पाले संचालन गरेको हामी सिक्न सक्छौँ परियोजनाले सेनेटरी प्याडको व्यवस्थापन गरिएको हो ।
जिल्लाभरका लागी १ हजार सेनेटरी प्याडको व्यवस्थापन गरिएको सेभ द चिल्ड्रेनका परियोजना संयोजक दिलकमल क्षेत्रीले बताए । छात्राहरुलाई महिनावारीले परिक्षामा कुनै प्रकारको मानसिक असर नपुगोस भन्ने उद्देश्यले प्याडको व्यवस्थापन गरिएको उनले बताए ।
त्यस्तै सवै केन्द्रले परिक्षा केन्द्रमा आधारभुत स्वास्थ्य तथा प्राथमिक उपचारको व्यवस्थापन समेत गरेको शिक्षा तथा विकास समन्वय इकाई रोल्पाका इकाई प्रमुख दान बहादुर गुरुङले बताए ।
यस वर्षको एसइइको परिक्षामा रोल्पाबाट प्राविधिक धार समेत गरी ८१ विद्यालयका ३ हजार ५ सय २६ परिक्षार्थीले परिक्षा दिदैछन् ।
प्रतिक्रिया दिनुहोस