रन्मा बाँफ टोलमा ढुङ्गा बिछ्याइयो


कर्मसही घर्ती मगर/चैत १०, रुकुम पूर्व । रुकुम पूर्व पुथा उत्तरगंगा गाउँपालिका वडा नं ३ रन्माको बाँफमा जनजातिहरूद्वारा ढुङ्गा बिछ्याइएको छ ।

वडा कार्यालय रन्माको आन्तरिक बजेटमा जनजाति बस्ती सरसफाइ अन्तर्गत प्रत्येक बाटामा ढुङ्गा बिछ्याइएको कुरा उपभोक्ता समुहका सचिव रमेश बुढाले बताएका छन् ।

९३ जना जनताहरू विभिन्न समुहमा विभाजित भएर तीन दिन ढुङ्गा निकाल्न लागेको कुरा सचिव बुढाले बताए । पाँच लाखको बजेटमा बिछ्याइएको ढुङ्गा खच्चडमा दुवानी गरेर ल्याउनु पर्ने बाध्यता रहेको उनले स्विकारे । ९३ जना जनसमुदायको विभिन्न समुहमा विभाजित भएर बिछ्याउन चार दिन लागेको उनले बताए ।

खच्चड दुवानी निकै महङ्गो हुने भएकोले पूरा जनजातिभरिले बिछ्याउन चाहिँ जनश्रमदान गर्नु परेकोले करिन सात लाखको काम भएको उपभोक्ता समितिका सचिव रमेश बुढाले बताएका थिए ।

वर्षामा निकै हिलो हुने र हिउँदमा धुलोले सताउने बाटाहरूमा ढुङ्गा बिछ्याउँदा गाउँको सुन्दरता निकै बढेको कुरा कोषाध्यक्ष सुकराजी पुनले बताइन् । झट्ट हेर्दा विगतको भन्दा रन्माको बाँफ टोल निकै आकर्षक देखिएको छ ।

यो बाटोले रन्माको गाउँको सुन्दरतालाई उँचाइमा पुर्‍याउने अन्य जनसमुदायले खुसीसाथ बताएका थिए ।

१० चैत्र २०७५, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको