चीनले चिनेका नेपालले नपत्याएका नेपाली वैज्ञानिकहरू


चैत १०, काठमाडौँ । नेपालबाट विदेश गई उच्च शिक्षा प्राप्त गरेर विशेषज्ञ बनेका व्यक्तिहरु प्रायः त्यतै स्थापित हुने गर्छन् ।

याे समाचार चेतनाथ आचार्य नागरिकमा लेखेका छन् । पिएचडी सकेर वैज्ञानिक बनेका व्यक्तिहरुले विदेशमै काम गर्न थालेपछि उनीहारुको ज्ञानबाट नेपाल लाभान्वित बन्न सकेको छैन । अमेरिका अथवा युरोपबाट पिएचडी गरेर नेपाल फर्कनु भनेको जग हँसाउनु भन्ने ठान्छन् नेपाली युवा ।

युरोप, अस्ट्रेलिया, अमेरिकाबाट पिएचडी गरेर नेपाल नफर्केजस्तै पछिल्लो समय चीनका राम्रा विश्वविद्यालयबाट पिएचडी गरेका थुप्रै नेपाली वैज्ञानिक चीनमै काम गर्न थालेका छन् । उनीहरु पिएचडीपछिको पोस्टडक र एसिस्टेन्ट प्रोफेसरका रुपमा चीनका विभिन्न विश्वविद्यालयमा काम गर्छन् ।

चीनका विश्वविद्यालयले पत्याएका त्यस्ता कामयावी वैज्ञानिकलाई नेपालले भने चिन्ने जमर्को गरको छैन । यतिबेला चीनमा झन्डै एक दर्जन नेपाली वैज्ञानिक कार्यरत छन् । चीनमा कार्यारत नेपाली वैज्ञानिक स्वदेशमै फर्केर सेवा गर्न चाहन्छन् ।

तर नेपाल सरकारले उचित वातावरण मिलाउन सकेको छैन। चीनमा शिक्षा लिएपछि नेपाल गएर उनीहरुले काम गर्ने प्रयास नगरेका पनि होइनन्। विडम्बना ! नेपालमा हरेक क्षेत्रमा व्याप्त राजनीतिक हस्तक्षेप र ‘आफ्नो मान्छे’ राख्ने परिपाटीले उनीहरुलाई दिक्क बनायो। अनि, उनीहरु फर्किए चिनियाँविश्वविद्यालयमा।

चीनमा कार्यरत नेपाली वैज्ञानिक स्वदेशमै फर्केर सेवा गर्न चाहन्छन् तर नेपाल सरकारले उचित वातावरण मिलाउन सकेको छैन। चीनमा शिक्षा लिएपछि नेपाल गएर उनीहरुले काम गर्ने प्रयास नगरेका पनि होइनन्। विडम्बना ! नेपालमा हरेक क्षेत्रमा व्याप्त राजनीतिक हस्तक्षेप र ‘आफ्नो मान्छे’ राख्ने परिपाटीले उनीहरुलाई दिक्क बनायो। अनि, उनीहरु फर्किए चीनमै।

भौतिक भूगोलमा पिएचडी गरेका वसन्त पौडेल पनि चीनमै पोस्टडक गरिरहेका छन्। उनको अनुसन्धानको क्षेत्र चीन, नेपाल र भारतको कोसीबेसिन क्षेत्रमा खेतीयोग्य जग्गामा बढ्दो बाँझोपनका कारण हुन्। जमिनमा बाँझोपन बढ्ने कारण र यसलाई नियन्त्रण गर्न सरकारले केकस्तो नीति ल्याउनुपर्छ भन्ने विषयमा पनि उनको अनुसन्धानकेन्द्रित छ।

आफ्नो अनुसन्धानबारे उनले नागरिकसँग भने, ‘नेपालमा जग्गा बाँझो रहनुका केही मूलभूत कारण छन्। पहिलो कारण सामाजिक आर्थिक कारण हो। युवापुस्ता विदेश पलायन हुने क्रमसँगै जग्गा बाँझो हुन थालेको छ। दोस्रो कारण सिँचाइको अभाव र खेती गर्नेतिर मान्छेको इच्छा नहुनु रहेको छ। त्यसैगरी तेस्रो कारणमा जलवायु परिवर्तन र वातावरण प्रदूषण रहेको छ।’

पौडेलको अनुसन्धानले वर्तमान नेपाल सरकारको लक्ष्य समृद्ध नेपाल सुखी नेपाली भेट्नका लागि पनि सघाउ पु¥याउन सक्छ। तसर्थ, उनले केही समयपछि नेपाल सरकारका नीति निर्माताहरुलाई आफ्नो अनुसन्धानबाट प्राप्त नजिताको व्याख्या गर्ने कार्यक्रम बनाएका छन्।

नेपालमा कृषि क्षेत्रलाई सुधार गर्ने हो भने विदेशबाट आयात पनि कम हुने र असन्तुलित व्यापारलाई केही हदसम्म सन्तुलित बनाउन सकिने पौडेल बताउँछन्।

१० चैत्र २०७५, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको