रिहा भएपछि बिद्यार्थी नेता विकले दिए यस्तो प्रतिक्रिया


विराटनगर, १२ फागुन । अखिल (क्रान्तिकारी)का केन्द्रीय कोषाध्यक्ष नरेन्द्र विकले आफुलाई राजनीतिक पूर्वाग्रहकै कारण नियोजित रुपमा फसाउन खोजेको प्रतिकृया दिएका छन् ।

२५ दिनको हिरासत बसाईपछि आज (आईतवार) अदालतको आदेशमा रिहा भएका विकले राजनितिक पूर्वाग्रह कै कारण गृहप्रशासनले नियोजित रुपमा फसाउनेगरी आफुमाथि झुठा मुद्धा लगाएको बताए ।

उनलाई माघ १७ गते साँझ मोरङको विराटनगर विमानस्थलबाट गिरफ्तार विकलाई हातहतियार तथा खरखजना अभियोगमा मुद्दा चलाइएको छ ।


आज मोरङ्ग जिल्ला अदालतले इजलास नम्बर ८ मा नारायण प्रसाद शर्माको एकल इजलासमा भएको बहसपछि रिहा गर्न दिएको थियो ।

संगठनको जिलला सम्मेलन सकेर काठमाडौ फर्कनेक्रममा आफुलाई विमानस्थलबाट गिरफ्तार गरि हातहतियार तथा खरखजनासम्बन्धी मुद्धा चलाउनु नियोजित सड्यन्त्र भएको भन्दै कोषाध्यक्ष विकले भने, ‘मलाई झुठा मुद्धामा फसाउन खोजेपनि यसलाई क्रान्तिकै मोर्चाको रुपमा लिएको छ । ‘

उनले भने, ‘जेल पनि क्रान्तिको मोर्चा हो, क्रान्तिको प्रकृयामा यस्ता मोडहरु आउछन् तर दुस्मनले जति नै फसाउन खोजेपनि त्यसले क्रान्तिकारीहरुलाई विचलित गराउन सक्दैन ।’

१२ फाल्गुन २०७५, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको