राजकुमारी रीमा साउदीकी पहिलो महिला राजदूत


फागुन १२, रियाद । साउदी अरेबियाले पहिलो पटक महिलालाई राजदूत नियुक्त गरेको छ ।

राजकुमारी रीमा बिन्ट बन्डार अल साउद अमेरिकाका लागि नयाँ राजदूत नियुक्त भएकी छन् । रीमाका बुवा पनि अमेरिकाका राजदूत थिए ।

त्यही भएर रीमाले आफ्नो बाल्यकाल वासिङट्न डिसीमा बिताएकी थिइन् । उनले जर्ज वासिङट्न विश्वविद्यालयबाट म्युजियम स्टडिजमा स्नातक गरेकी छन्।

यसअघि उनले सरकारी र निजी दुबै क्षेत्रमा काम गरिसकेकी छन् । वासिङ्टन पोष्टका पत्रकार जमाल खसोग्जीको हत्यापछि अमेरिका-साउदी सम्बन्धमा तनाव उत्पन्न भएका बेला साउदी राजकुमारी रीमालाई दूत बनाएर पठाउन लागेको हो ।

युवराज मोहम्मद बिन सलमानका भाइ खालिद बिन सलमान अमेरिकाका राजदूत थिए । उनी सहायक रक्षा मन्त्री नियुक्त भएका छन् ।

२०७५ फाल्गुन १२,आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको