चन्दलाई रिहा गर्न नेकपाको माग, अनेमसंघ (क्रान्तिकारी)ले दियो यस्तो चेतावनी


फागुन १२, काठमाडौ । अनेम संघ (क्रान्तिकारी)की अध्यक्ष बन्धु चन्दको गिरफ्तारी प्रति नेपाल कम्युनिस्ट पार्टीको सेती ब्यूरोले निन्दा एवं भत्सर्ना गरेको छ ।

ब्यूरो इन्चार्ज सिकन्दरले आइतबार विज्ञप्ति जारी गरेर पार्टीको संगठन सुदृढ तथा विस्तार अभियानको अछामको नेतृत्व गरिहेको बेला चन्दलाई विना कारण गिरफ्तार गरेको भन्दै तुरुन्त रिहा गर्न माग समेत गरेका छन् ।

उनले वर्तमान सरकारले आफ्नो असफता ढाक्न आफ्नो पार्टीका नेता–कार्यकर्तामाथि दमन धरपकड जारी राखेको भन्दै इन्चार्ज सिकन्दरले गिरफ्तार चन्दलाई तत्काल रिहा गर्न माग गरेका हुन् ।

“पार्टीको दुई महिने संगठन सुदृढ तथा विस्तार अभियान–२ को सिलसिलमा अछाम जिललाको नेतृत्व गरिरहनु भएको अनेम संघ (क्रान्तिरकारी)को केन्द्रीय अध्यक्ष एवं पार्टी केन्द्रीय सदस्य बन्धु चन्दलाई सोही जिल्लाको पंचदेवल विनायक नगरपालिकाको लयटीबाट फागुन ११ गते गिरफ्तार गरेको छ ।

दलाल फासीवादी सरकारको यस्तो कायरतापूर्ण हर्कतप्रति हाम्रो पार्टी घोर निन्दा एवं भत्र्सना गर्दछ” जारी विज्ञप्तिमा भनिएको छ । त्यसैगरी इन्चार्ज सिकन्दरले तुरुन्त रिहा नगरे त्यसबाट निस्कने प्रतिक्रियाको जिम्मेवजार सरकार नै हुने चेतावनी समेत दिएका छन् ।

यस्तै आईतवार नै अनेम संघ क्रान्तिकारीले पनि बिज्ञप्ती निकालेर संगठनकि केद्रिय अध्यक्ष चन्दलाई रिहा गर्न माग गरेको छ ।
संगठनका केन्द्रीय उपाध्यक्ष सम्झना घर्तीले विज्ञप्ति जारी गर्दै संविधानले दिएको स्वतन्त्र दंगले राजनीति गर्न र प्रचार गर्न पाउने, संगठन गर्न पाउने अधिकारलाई राज्य आफैले उपहास गरि चन्दलाई गिरफ्तार गरिएको भन्दै भत्सना समेत गरेकी छिन् ।

पार्टीको संगठन सुदृढ तथा विस्तार अभियानको क्रममा संगठनको कामको सिलसिलामा गरिएको गिरफ्तारप्रति हाम्रो संगठन घोर भत्सर्ना गर्दछ । यदि रिहाइ नगरिएको खण्डमा यसको मुल्य राज्यले चर्को चुकाउनु पर्नेछ विज्ञप्तिमा उल्लेख छ ।

“महिलामाथी हुने हिंसा र सम्पुर्ण उत्पीडनको विरुद्ध अनवरत रूपमा आफ्नो संगठनले संघर्ष गर्दै आएको कुरा सर्वबिदितै छ । हिजो महिला मुक्ति र अधिकारको लागि महिला आन्दोलनको नेतृत्व गरेका महिला नेताहरु जनयुद्धको २५०० महिला सहिदको रगत आम उत्पीडित महिलाको आन्दोलनमा गरेको त्यागलाई कुर्ची र व्यक्तिगत स्वार्थमा साटेपछी हिलोमा लत्पटिएकोे महिला मुक्तिको झन्डा उठाउने जिम्मा हाम्रो संगठनलाई इतिहासले दिएको छ, विज्ञप्तीमा उल्लेख छ ।

अहिलेको राज्य व्यवस्थाले महिलामाथी हुने हिंसा र उत्पीडनलाई अझै बढवा दिइरहेको भन्दै अनेम संघ क्रान्तिकारीले महिला मुक्ति र अधिकार अनि सम्पुर्ण श्रमजीवी जनताको लागि आवाज उठाउने संगठनका नेताकार्यकर्तालाई गिरफ्तार गर्ने, संगठनलाई अघोषित प्रतिबन्ध लगाउने, धम्की दिने जस्ता राज्यको गलत क्रियाकलापको विरुद्ध आवाज उठाउन पनि सबैलाई अपिल गरेको छ ।

पुल्लेतोलाबाट तोली जाने क्रममा अछामको विनायक पन्चदेवल नगरपालिका पुन्नेतलबाट शनिवार बिहान ९ः३० बजे चन्दलाई गिरफ्तार गरेको थियो ।
चन्दलाई प्रहरीले सदरमुकाम मंगलसेन पुर्याएको छ । शुक्रबार राति जिल्लाको ढकारीमा एनसेलको टावरमाथि भएको आगजनीको मुद्दा लगाउने तयारी गरेको बताइएको छ ।

१२ फाल्गुन २०७५, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको