अरुको सेवा गर्ने बाबा आफैलाई छोडेर गएपछि बिचल्लीमा !


फागुन १२, रोल्पा । स्वर्ग साच्चिकै स्वर्ग हुन्छ कि हुँदैन, त्यो त भगवानको प्यारो भएपछि थाहा हुने हो । रोग, भोक, शोकसंग लड्दै समाजमा आफ्नो प्रतिष्ठा बचाई राख्न भने निकै ठूलो लडाई हो, जो बाँचेकाहरुका लागि चुनौती पनि हो । यही लडाईमा आफ्नो दुई छोरा, एक छोरी र एक बुहारीलाई च्यापेर उनिहरुको पढाइ-लेखाइ, पालन-पोषण तथा सामजिक जीवन यापनमा पतिको स्वर्गवास भएपछी एक्लै गर्दै छिन रोल्पा ओतकि गौमती घर्तिमगर ।

लिङ्गेश्वर महादेवको गुफा र राष्ट्रिय मा.वि. मेल्डांरी ओत रोल्पाको आडैमा छ उनको मगरगाउँ । त्यहीँ गाउँमै जन्मेर, पढे हुर्केका मोहनसिंह घर्तिमगरले जन जागृती उच्च मा.वि. जुगार रोल्पाबाट एसएलसि पास गरेका हुन । परिवारको काँइलो सदस्यको रुपमा जन्मेका उनी, सानैमा आर्थिक समस्या त थियो नै, तै पनि उनले सिएमए पढे र केही बर्ष गाउँमै औषधि पसल खोलेर जनताको सेवा गरे ।

तस्बिर: मोहनसिंह घर्तिकी छोरी धना घर्ति साथमा बिद्यालय प्रधानाध्यापक अमृत घर्ति र समाजका अध्यक्ष सन्दिप थापा

जनयुद्धले पारेका घाउहरु चहर्याईरहेका थिए गाउँमा । शान्ती स्थापना भएको थिएन । त्यतिखेर विदेश पस्नेहरुको लर्को थियो र विदेश गएपछी टन्नै धन कमाइन्छ भन्ने चेतना जनमानसमा फैलिएको थियो । उनि संगैका साथीहरु विदेश पस्दै थिए ।

घर्ति मगर पनि छोराछोरीको उज्यालो भविष्य र सुखी जीवन खोज्न साउदी अरब उडे ।

सोचेजस्तो कहाँ हुन्थ्यो र प्रदेशमा । कमाई खासै भएन । जसोतसो आफू विदेश जादा र पढ्दा लागेको ऋण तिर्न भरी भ्याए र नेपाल फर्किए ।

देशमै स्वरोजगार हुने बिचार पनि गरे तर अनुकूल बाताबरण नभए पछि, अँह हुँदैन फेरि विदेश जानू पर्छ भन्ने सोचे र पुनः विदेशको यात्रा तय गर्दै मलेसिया हानिए । मलेसियाको रेष्टुरेन्टमा काम गर्थे । गएको ७-८ महिना ठिकै चल्यो ।

सामाजिक उत्थानका लागि समाज सेवामा आफुलाई अग्रसर बनाइ राख्ने उनि, त्यतिबेला सम्म देश बिदेशमा रोल्पालीहरु संगठित गर्दै बढेको अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज मलेसियाको संस्थापक अध्यक्ष सम्म भइसकेका थिए । उनको नेतृत्वमा मलेसियामा रहेका रोल्पालीहरुलाइ गोलबन्द हुँदै थुप्रै सामाजिक कामहरु गर्दै आएका थिए ।

उनका लागि भने अब समय एकनास चलेन । त्यहीक्रममा उनलाई जन्डिस विरामीले पच्छ्याई सकेको रहेछ । अस्वस्थ भएर उपचार तथा खानापिनामा ध्यान दिंदा दिंदै, ब्लड प्रेसर तथा आखामा पनि समस्या देखियो । त्यसपछि उनि उपचारका लागि ३० मे २०१८ मा नेपाल फर्किए ।

उपचारका क्रममा उनले कमाएको धन सम्पति सबै सकियो । फेरिपनि ऋणदाम गरेर उनि उपचार गर्न भनि २०७५ मङ्सिर ५ गते भैरहवा मेडिकल अस्पताल पुगे । तर उनि सदाका लागि संसार छोडेर अस्पतालमै अस्थाए ।

उनिले त भगवानको साथ पाए, अर्थात सुख पाई हाले तर उनकि जिबन संगिनी गौमति र उनका सन्तानहरु एक्लै भए । घरको मुली नै ढलेपछि परिवारमा आर्थिक संकट उत्पन्न भएको छ  । उनीहरुको दैनिकी सार्है दयनीय छ, छोराछोरी बुहारी सबैले पढ्दै थिए । आर्थिक स्थिती र घर व्यबहार चलाउन पर्ने भएकै कारण जेठा छोरा-बुहारीले पढाई पनि छाडी सकेका छन ।

हिजो अरुको दुखमा सहयोग र सहानुभूति जनाउने एउटा समाज सेवकको परिवार आज निकै अभाब र दुखमा बल्झिरहेको छ । अरुकालागी निस्वार्थ भावना बोकेर समाज सेवामा लाग्ने अभिभाबक परिवारबाट आज कहिलै नफर्किने गरि टाढा भयो ।

त्यहि परिवारहरुको अबस्था के कस्तो छ भनि बुझ्नकै लागि रोल्पालीहरुको साझा संस्था अन्तरराष्ट्रिय रोल्पाली सेवा समाजका केन्द्रिय अध्यक्ष सन्दिप थापा मोहनसिंह घर्तिको घरमा फागुन १० गते पुगे ।

उनीहरुको नाजुक पारिवारिक अबस्था देखे ! गरिबीको चपेटामा परिवार बल्झिरहेको थियो । ऋणको भारीले थिच्चिएका जिबन संगिनी गौमती सहारा बिहिन थिइन् । अबिभाबक बिहिन बेसहारा छोरा छोरीको अन्धकार जिबन कथा धर्मराइ रहेको थियो ।

मोहनसिंह घर्तीका छोरी धना घर्तिले कक्षा ६ र कान्छो छोरा दामोदर घर्तिले कक्षा ४ मा राष्ट्रिय माध्यामिक बिद्यालय ओतमा पढिरहेका रहेछन । जेठो छोरा लक्षमण घर्तीले पढ्न छाडिसकेका छन् । उनीहरुको पढाई कस्तो छ भनि संयोजक थापा स्कुल सम्म पुगेर, उनीहरुका प्रधानाध्यापक अमृत बहादुर घर्ति मगर संग भेटवार्ता गरेका छन् । प्रधानाध्यापक घर्ति मगरले पनि उनीहरुको आर्थिक स्थिति निकै नाजुक रहेको सुनाए । कतै मनकारी दाताहरु भए आर्थिक सहयोग पाउथे कि ? भन्ने आशा पनि व्यक्त गरे ।

ऋणमा डुबेको त्यो परिवारलाइ उम्काउन नसकिएला तर तिनै बेसहारा छोराछोरीको पढाई लेखाइका लागि थोरै भएपनी आर्थिक सहयोग गर्नु अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजको दायित्व भएको सन्दिप थापाले बोध गरे ।

अन्तरराष्ट्रिय रोल्पाली सेवा समाजको प्रथम महादिबेसन यहि फाल्गुन २५ गते लिबाङ्गमा हुँदै छ । उक्त परिवारलाइ अधिबेसनमा आउँन संयोजक थापाले निमन्त्रणा दिएर फर्किए ।

पिडामा रहेको उक्त परिवारलाइ थोरै भएपनि मलम पट्टि लगाउन समाजको प्रथम महाधिवेशनको अवसरमा सम्मान तथा केहि आर्थिक सहयोग हस्तान्तरण गर्ने योजना बनाएको संयोजक सन्दिप थापाले पोष्टपाटीलाइ बताए । स्व. मोहनसिंह घर्तिले संस्था प्रति दिएको अतुलनीय योगदानको सदैव उच्च मुल्यांकन गर्ने पनि उनले बताए ।

मनकारी हातहरुले सक्दो सहयोगगरि मोहनसिंह घर्तिका बालबच्चाहरुको पठनपाठनमा टेवा पुर्याउन समेत अध्यक्ष थापाले आग्रह गरेका छन् । हिजो समाजको सेवा गर्ने समाजसेवीको परिवार आज दुखको भुमरीमा डुबुल्की मारिरहेको दृश्य अकल्पनीए हो, मनकारी हातहरुले सहयोग गरौ ।

२०७५ फाल्गुन १२,आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको