वामपन्थी नेता कृष्णदास श्रेष्ठको निधनप्रति विप्लवद्वारा श्रद्धाञ्जली


फागुन १२, काठमाडौँ । नेपालका पुराना वामपन्थी नेता कृष्णदास श्रेष्ठको निधनप्रति नेपाल कम्युनिस्ट पार्टीले समवेदाना व्यक्त गरेको छ ।

पाका, सिद्धान्तनिष्ठ र सरल जीवनशैलीका नेता कृष्णदास श्रेष्ठ माक्र्सवादी साहित्यको नेपाली भाषान्तरणका क्षेत्रमा विशेष रूपले स्थापित थिए ।
नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले कृष्णदास श्रेष्ठको निधनले आफ्नो पार्टीलाई गहिरो चोट पुगेको र नेपालको कम्युनिस्ट आन्दोलनलाई अपूरणीय क्षति पुगेको भन्दै श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

विप्लवद्वारा शनिबार जारी शोक वक्तव्यमा भनिएको छ, ‘नेपालका पाका, सिद्धान्तनिष्ठ र सरल जीवनशैलीका कम्युनिस्ट अग्रज नेता कृष्णदास श्रेष्ठको निधनले हाम्रो पार्टीलाई गहिरो चोट पुगेको छ ।

माक्र्सवादी साहित्यहरूको नेपाली भाषान्तरण गर्ने, माक्र्सवादी सौन्दर्यशास्त्रमा विशेष दखल राख्ने कमरेड श्रेष्ठको निधनले नेपालको कम्युनिस्ट आन्दोलनलाई अपूरणीय क्षति पुगेको छ ।

यस दुःखद् घडीमा कमरेड कृष्णदास श्रेष्ठप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरिन्छ । साथै उहाँकी जीवनसँगिनी कमरेड महालक्ष्मीलगायत सम्पूर्ण परिवारमा गहिरो समवेदना व्यक्त गरिन्छ ।’

१२ फाल्गुन २०७५, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको