मेसीले पूरा गरे ५० औं ह्याट्रिक


फागुन १२, काठमाडौ । लियोनल मेसीले आफ्नो करिअरको ५० औं ह्याट्रिक पुरा गरेका छन् ।

स्पेनिस ला लिगा फुटबलमा सेभिल्लालाई पराजित गर्ने क्रममा उनले ५० औं ह्याट्रिक पूरा गरेका हुन् । उनको ह्याट्रिकसँगै साविक च्याम्पियन बार्सिलोना पुन एकपटक उपाधि नजिक पुगेको छ ।

शनिबार भएको खेलमा बार्सिलोना आफ्ना स्टार स्ट्राइकर लियोनेल मेसीको शानदार ह्याट्रिकमा अर्को बलियो प्रतिद्वन्द्वि सेभिल्लालाई ४–२ ले पराजित गर्दै दोस्रो स्थानको एथ्लेटिको म्याड्रिडसँग १० अंकको अग्रता बनाउन सफल भएको छ । मेसीले ह्याट्रिक गरेपछि बार्सिलोनाले सेभिल्लालाई पराजित गरेको हो ।

जितसँगै बार्सिलोनाले शीर्ष स्थानको अग्रता १० अंकको बनाएको छ । बार्सिलोनाले २५ खेलबाट ५७ अंक जोडेको छ । दोस्रो स्थानको एट्लेटिको मड्रिडको ४७ अंक छ । सेभिल्ला ३७ अंकसहित पाँचौ स्थानमा रहेको छ ।

२०७५ फाल्गुन १२,आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको