वायुसेवा निगमले माग्यो ५० पाइलट


फागुन १२, काठमाडौँ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले रिक्त रहेका पदपूर्ति गर्न ५० पाइलट माग गरेको छ ।

१३ जना सिनियर क्याप्टेन, १५ जना जुनियर क्याप्टेन, नौ जना सिनियर को–पाइलट र १३ जना जुनियर को–पाइलट गरेर ५० जना पाइलट माग गरेको हो । यो समाचार आजको नागरिक दैनिकमा छ ।

निगमसँग आन्तरिक र अन्तर्राष्ट्रिय उडान गर्ने १४ थान जहाज छन् । निगमका अनुसार ती १४ जहाज उडाउन सिनियर क्याप्टेन, जुनियर क्याप्टेन , सिनियर को–पाइलट र जुनियर को–पाइलट गरेर एक सय ४३ जना पाइलट आवश्यक हुन्छ ।

अहिले निगमसँग ८५ जनामात्रै पाइलट छन् ।

१२ फाल्गुन २०७५, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको