खडक बिश्वकर्मा/माघ १०, कालिकोट । कालिकोट जिल्लाको पलाँता गाँउपालिका वडा नं. १ काँण्डाको दलित बस्तीमा पानी ट्यांकीको सिलान्यास गरिएको छ ।
पलाँता गाँउपालिका उपाध्यक्ष दानादेवी न्यौपाने, वडा नं. १ का वडा अध्यक्ष मानबहादुर भण्डारी बासिन्दा, ट्यांकी निर्माण उपभोक्ता समितिका अध्यक्ष धिर सार्की लगायतका स्थानिय उपभोक्ताहरुको सहभागीतामा खानेपानी ट्यांकीको सिलान्यास गरिएको पलाँता गाँउपालिका वडा नं. १ का कार्यलय सहायक बालऋषि न्यौपानेले जानकारी दिएका छन ।
उनका अनुसार पलाँता गाँउपालिकाको ५ लाख बजेटमा निर्माण हुने उक्त ट्यांकीबाट पलाँता गाँउपालिका वडा नं. १ स्थित दलित टोलका ५० घरधुरीहरु लाभान्वीत हुने भएका छन् ।
तस्बिरः खडक बिश्वकर्मा कालिकोट
प्रतिक्रिया दिनुहोस