नेमकिपा कालिकोटले स्थापना दिवस मनायो, सरकारले अपेक्षा अनुसार काम नगरेको आरोप ।


खडक बिश्वकर्मा/माघ १०, कालिकोट । नेपाल मजदुर किसान पार्टी कालिकोटले आफ्नो स्थापना दिवस भव्यताका साथ मनाएको छ । नोल मजदुर किसान पार्टी कालिकोटका अध्यक्ष नवराज कोईरालाको अध्यक्षता तथा पार्टीका केन्द्रीय सदस्य नन्दबहादुर शाहीको प्रमूख आतिथ्यतामा प्रतिमा चौकमा आयोजना गरिएको कोणसभामा अधिकांश वक्तहरुले अहिलेको सरकारले जनमतको अपमान गरेको आरोप लगाएका छन् ।

नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य नन्दबहादुर शाही, अर्का केन्द्रीय सदस्य रबिन्द्र ज्याख्व, नmोशिसंघ केन्द्रीय उपाध्यक्ष नरदीप शाही, नेमकिपाका नृताहरु हरीप्रसाद बासुकला, रत्ना भण्डारी, मीनबहादुर बाटा, इश्वर शाही लगायतका वक्तहरुले जनतासँग गरिएको प्रतिबद्धता तथा जनअपेक्षा भन्दा बाहीर गएर बर्तमान सरकार संचालन भइरहेको बताएका छन् ।

उनीहरुले नेपालमा लोकतन्त्र आएपनि नेपाली जनताको शासन व्यवस्था नआएको बताएका छन् । बिभिन्न सांस्कृतिक प्रस्तुतिहरु समेत रहेको कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका नेता तथा कार्यकर्ताहरु लगायत स्थानिय नागरिकहरुको पनि सहभागीता रहेको थियो ।

तस्बिरःखडक बिश्वकर्मा कालिकोट

२०७५ माघ १०,बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको