केसीको सत्याग्रहमा कम्युनिष्ट सरकारको धरपकड र काङ्ग्रेसको राजनिती


विशाल बस्नेत । सान्तीपुर्ण सत्याग्रहको विरुद्धमा कहिले प्रहरी पठाएर दमन गर्ने, कहिले निर्थक आरोप लगाएर अदालतमा जबर्जस्त उपस्थित गराउने, स्वास्थ्य उपचार गराउनमा रोक लगाउने जस्ता लज्जास्पद कार्यका बाबजुद पनि आफुलाइ लोकतान्त्रिक समाजबादको ठेकेदार भएको दाबी गर्ने मेडिकल माफियाहरुको धरपकडका शृङ्खलासगै डा.गोबिन्द केसीको १६ आमरण अनसनले फेरि निरन्तर पाइरहेको छ इलामको फूलगाछीबाट सुरु गरिएको उन्को १६ औ सत्याग्रहमा पनि कार्यान्वयन र मागहरुको सम्बोधनमा कुनै गम्भीरता देखिएको छैन । यता अनसन बस्ने अरु पनि छन भन्ने देखाउन बिजय थापालाइ केसीको बिरुद्ध अनसन बस्न प्रयोग गरिएको आरोप सरकारलाइ लाग्दै आएको छ । बिजय थापा समेत यतिबेला स्वास्थ्य क्षेत्रकै मागहरुलाइ लिएर अनसनरत छन ।

पटक-पटक अनसन बस्दै सरकारसँग आमसिक सहमती भएपनी कार्यान्वयन उल्लंघन भएको र सहमतीको पालना नभएको कारणले नै १६ औ पटकसम्म अनसन बस्न बाध्य भएको केसीले बताउदै आएका छन । तर सरकार केसीको सत्याग्रहलाइ अधिनायकवादको पराकाष्ठा भएको बताउदै आएको छ ।

गृहमन्त्री राम बहादुर थापाले त अझ आन्दोलन लोकतान्त्रिक मर्यादा बिपरित भएको आरोप समेत लगाएका छन ।

२०६९ साल असारमा केसीले अनसन सुरु गर्दा त्यही बर्ष बाबुराम भट्टराईको नेर्तुत्वमा सरकार थियो । भट्टराईको सरकारले पनी डाक्टर केसीको मागमा केही आमसिक सहमती गरेको थियो तर न सम्झौतामा कार्यान्वयन भयो न सम्झौताको सम्मान नै गरियो बरु स्वास्थ्य तथा चिकित्सा सिक्षा क्षेत्रमा उहीँ बिकृती बेजोडरुपमा अगाडि बढी नै रहयो ।

२०७० साल पुसमा फेरि केसीले आफ्नो सत्याग्रहलाइ निरन्तरता दिए किनकी सर्बसाधारणका प्रतिभावान छोराछोरीहरु र गरिब जन्ताको पीडा यथावत नै थियो । यसैबर्ष मन्त्रीपरिषदका अध्यक्ष खिलराज रेग्मीको नेर्तुत्वमा अर्को सरकार बन्यो तर जुन जोगी आएपनी कानै चिरेको भनेजस्तै केसीका माग र सम्झौताहरुमाथी दुष्हर्कत दोरिरहने क्रमले निरन्तरता पाई नै रहयो ।

खिलराज रेग्मी सत्ताबाट बिदा भएपछी फेरि नेपाली काङ्ग्रेसको सत्तारोहन भयो । सुशील कोइरालाको नेर्तुत्वमा बनेको सरकारले पनि खासै मागको सम्बोधन गर्न सकेन तर निर्थक सहमती, सम्झौताहरुले निरन्तरता पाइनै रहे । सेर बहादुर देउवा र सुशील कोइरालाको नेर्तुत्वमा बनेको फरक-फरक सरकार हुदा ७ पटकसम्म सबैभन्दा बढी अनसन काङ्ग्रेसकै पालामा बस्नु परेको थियो ।

नया सरकार भित्रीने र बाहिरिने क्रम चलिनै रहदा डाक्टर केसीका अटल र निस्वार्थी मागहरुले हरेक सरकारलाइ दबाब दिने काम भइनै रहयो ।

त्यसपछी पनि केपी सर्मा ओली, प्रचण्ड र सेर बहादुर देउवा नेर्तुत्वमा सरकार नबनेका हैनन तर परिबर्तनको कुनै महसुस गर्न सकिएन ।

केसीलाइ नेपाली काङ्ग्रेसले बोकाएको भारी ।

यति बेला नेपाली काङ्ग्रेसले केसीको मुद्दालाई बोकेको छ । केसीको समर्थनमा लाखौ जनसमर्थन जुटन थालेपछी यसैलाइ राजनिती अभिष्टको भर्याङ्ग बनाइने कोसिस उनीहरुको छ । उता केसी समेत काङ्ग्रेसको ललीपपमा फुलिएका छन बिगतमा सबैभन्दा बढी सम्झौता काङ्ग्रेससगै भएको र सत्याग्रह पनि काङ्ग्रेसकै पालामा बसेको बिषयलाइ भुल्दै दोष भने सबै कम्युनिष्ट सरकारलाइ थोपरिरहेका छन । हुन त कतिपयले केसी आफैपनी काङ्ग्रेस नै भएको र मेडिकल माफियाहरुको बिरोध केबल काङ्ग्रेसले गुमाएको अस्तित्व फर्काउन र अर्को चुनाबसम्म तङ्र्याउन अभ्यास गरिरहेको आरोप लाग्दै आएको छ । समग्ररुपमा जेजस्तो भएतापनी केसीका मागहरु नितान्त निस्वार्थ र जनहितको लागी अत्यावश्यक छन यदपी राजनिती गन्ध नाओस र नथोपरियोस भन्ने सबै सर्बसाधारणहरुको चाहना रहेको छ । काङ्ग्रेसको स्वार्थ र मुख्य मिसन गोबिन्द केसीको स्वास्थ्य अबस्था अनसनकै क्रममा कमजोर बनोस वा कथमकदाचित तलमाथि भएमा कम्युनिष्ट सरकार नै धरापमा पर्ने उनिहरुको दृढ बिस्वास छ् यही कथीत राजनिती फोहोरी खेल केसीको आन्दोलनमाथी निसाना बन्नुले १६ औ अनसनसम्म आइपुग्दा आन्दोलनको महत्व नै ओझेलमा पर्दै गएको कतिपय बिद्वानहरुले बताउदै आएका छन ।

यतिबेला पनि सत्तामा स्थायी सरकार छ । केपी सर्मा ओलिकै नेर्तुत्वमा कम्युनिष्ट सरकार छ तर केसीको अनसन न कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानको फोहोर कबर्ड हलमा जारी रहदा ध्यानाकर्षण भयो नत १६ औ सत्याग्रह इलामको फुलगाछीबाट सुरु गर्दा नै सरकारको ध्यानाकर्षण भयो बरु फेरि पनि उन्को मागलाइ हासेर उडाइएको छ ।

जन्ताको नैसर्गिक अधिकारको लागी सत्याग्रहको माध्यमबाट जिबनमरणको सास फेरिरहेका डाक्टरको जिबनरक्षाका लागी समेत ध्यान नदिनुले आगामी दिनमा कम्युनिष्ट सरकारले ठूलो मुल्य चुकाउनु पर्ने अबस्था आएको छ यसको ठूलो फाइदा सत्ताबियोगमा छटपटाइरहेको नेपाली काङ्ग्रेसले लिने देखिन्छ ।

त्यसैले पनि कम्युनिष्ट सरकारले केसीको मागलाइ सम्बोधन गर्न नसके अहिले भैरहेका सकरात्म्क कार्यहरु नै ओझेलमा पर्ने क्रममा छन यसैले पनि यो सरकारले ध्यान दिन जरुरी देखिएको छ ।

केसीको आन्दोलन र किन ?

स्वास्थ्य क्षेत्रका बिकृती-बिसङ्गतीले सर्बसाधारणमा हानी पुर्याइरहेको र पुर्याउने जिबन्त बिषयलाइ मध्यनजर गर्दै डाक्टर गोबिन्द केसी २०६९ सालमा पहिलो पल्ट स्वास्थ्य सुधारको माग गर्दै सत्याग्रहको सुरुवात गरे ।

पद र सत्ताकालागी आफ्ना कार्यकर्ताहरुलाइ सडकमा उतारेर गरिब मजदुरहरुको गाडी तोडफोड गर्ने, हुलहुज्जत गर्ने, अप्रीय घटना घटाउने, काम गरेर खाने मजदुरहरुको रोजिरोटीको बाधा बनेर माग सुनुवाइको लागी दबाब दिने कठित नेताहरुको दुष्हर्कत भन्दा टाढा रहेर मानबिय सबेदनालाइ नजिकबाट नियालेका डाक्टरको सत्याग्रह समर्थनको लायक त थियो नै त्यो भन्दा ठूलो समर्थनको लायक उन्को माग थियो ।

बर्षौदेखी स्वास्थ्य क्षेत्रमा मौलाइरहेका बिकृती र सर्बसाधारणप्रती माफियाहरुले गरेको खेलबाडप्रतीको असन्तुष्टिले केसीलाइ २०६९ सालदेखी २०७५ सम्म आइपुग्दा १६ औ पटक अनसन बस्न बाध्य बनाइसकिएको छ ।

स्वास्थ्य क्षेत्रमा मौलाइरहेको बिकृतीकै कारण डाक्टर केसीको ४ दशक भन्दा बढीको अनुभबमा सर्बसाधारण माफियाहरुको सधै सिकार बनिरहे । गरिब र निम्न आर्थिक स्थिति भएका सर्बसाधारणहरु उपचारको पहुँचबाट टाढा त थिए नै अझ कयौले डाक्टर र फितलो उपचारका कारणले ज्यान समेत गुमाउनु पर्यो । असक्षम र बर्षेनी उत्पादन भएका अयोग्य डाक्टर यस्को मुख्य कारण बने । क्षमतावान प्रतिभाहरु आर्थिक स्थितीको कारण चिकित्सा शिक्षा लिनबाट वञ्चित हुनुले अयोग्य डाक्टरहरुको सङ्ख्या बर्षेनी बढ्नु सर्बसाधारणहरुका लागी सबैभन्दा ठुलो घातक बन्दै गयो ।
स्वास्थ्य क्षेत्रमा सर्बसाधारणको अहितको सृङखलाबद्द बृदीसगै आबस्यक ठानिएको लडाइमा केसी एक्लै सहभागी बने ।

सान्तीपुर्ण सत्याग्रहको आन्दोलनमा २०६९ सालदेखी २०७५ सालसम्म जम्मा १६ औ पटक गरेर १७५ दिनभन्दा बढी अनसन बस्दा यो बिचमा बनेका ६ वटा सरकारको ध्यान सर्बसाधारणहरुको स्वास्थ्य संवेदना र डाक्टर केसीको माग भन्दा पनि राज्यको ढुकुटी कसरी रित्याउने र भारी मन्त्रीमण्डल गठन गरी आसेपासे र मन्डलेहरुको जयजयकारको लायक कसरी बन्ने भन्नेमा नै नेताहरुको ध्यानकेन्द्रीत भयो ।

चिकित्सा सिक्षाका नाममा बर्षेनी च्याउसरी उम्रदै गरेका मेडिकल कलेज र पैसाको लोभलालचमा सासकहरुको जिम्मेवारीको भुलभुलैयाले देशको स्वास्थ्य क्षेत्रमा गम्भीर असर परीरहेको अबस्थामा डाक्टर केसीको उदयले सर्बसाधारणहरुले आशा र भरोसाको ठूलो महसुस गरे ।

सर्बसाधारणको स्वास्थ्य जस्तो सबेदनशिल बिषयलाइ बेवास्ता गर्दै सासकहरुको लगानीले मुलुकका निम्न आर्थिक स्थिति भएका गरिब जन्ताहरुलाई भेदभाव गरिरहेको छ । डाक्टर गोबिन्द केसीको पटक-पटक भएको सत्याग्रह र सासकहरुको बेवास्ताले आम जन्तामा यो प्रमाणीत गरिसकेको छ ।

डाक्टर केसीको १६ औ पटकसम्म १७५ दिन् भन्दा बढी भैरहेको एक्लो सत्याग्रहको समर्थकहरु लाखौ जुटेतापनी सरकारी स्तरको बेवास्ताले केसी स्वयमको स्वास्थ्य स्थिती खस्कदो क्रममा रहेको छ। करौडौ जन्ताहरुको स्वास्थ्य सम्बेदनालाइ प्रतिनिधित्व गर्दै स्वास्थ्य क्षेत्रमा सुधार हुनुपर्ने मागभित्र केसीको कुनै स्वार्थ छैन तर सत्याग्रहकै कारण अतालिएका सासकहरु आफ्नो ब्यबसाय भताभुङ्ग हुने त्रासले सकेसम्म केसी र उन्का समर्थकहरुको आन्दोलनलाइ दबाउने र पेल्ने क्रममा छन ।

सर्बसाधरण, गरिब, निमुखा, निम्न आर्थिक हैसियत भएकाहरुको प्रतिनिधित्व गरिएको यो लडाइमा हुन त केसीलाइ अनेकथरी आरोप लगाउनेहरुको भिड पनि ठुलै छ, कसैले उन्को सत्याग्रहलाइ पागलको संज्ञा दिएका छन भने कसैले नेपाली काङ्ग्रेसको भारी बोकेको आरोप लगाउदै आएका छन ।

तर सोच्नु पर्ने के छ भने गरिब सर्बसाधरणहरु सासकहरुका लागी मानब बन्न नसक्नुको कारण के हो ? ,सर्बसुलभ स्वास्थ्य उपचारको अभाबमा ज्यान गुमाउनु के नेपाली चिकित्सा पदतीमा उल्लेख गरिएको छ ?, व्यापक मतभेद रहेको चिकित्सा तथा स्वास्थ्य क्षेत्रमा सर्बसाधारणहरु चै बाच्न पाउने अधिकार छैन ?, क्षमताहिनहरु पैसा र पहुँचको आधारमा डाक्टर बनिरहदा क्षमतावानहरुको पलायनमा ध्यानाकर्षण हुनहुनुपर्दैन ?, आफुहरुलाइ पखाला लाग्दा उपचार गर्न थाइल्यान्ड जानुपर्ने तर जाजरकोटमा पखलाकै कारणले स्वास्थ्य उपचारको अभाबमा ज्यान गैरहदा सासकहरु गम्भीर बन्न पर्दैन ?, भैरहेका मेडिकल कलेजहरुको किन ब्यवस्थापन हुन सकिरहेको छैन ?, बिर अस्पतालभन्दा बढी सरकारलाइ किन काठमाण्डौ मेडिकलेज, झापाको बि एण्ड सी मेडिकल कलेजको छ ?

केसीको राज्यसग धेरै ठुला मागहरु पनि छैनन । हरेक सर्बसाधारणहरु सर्बसुलभ स्वास्थ्य लिनबाट बन्चित हुन हुदैन । चिकित्सक सिक्षा हरेक बर्गको पहुँचमा हुनुपर्छ । सङ्ख्यात्मक मात्रामा भन्दा गुणस्तरमा ध्यान दिनुपर्छ । यदपी केसीको लडाइले परिक्षामा भारी घुस खुवाएर चिट चोरी उतिर्ण भएका डाक्टर हरुमाथी प्रश्न चिन्ह खडा गरेको छ ।

बर्षेनी च्याउसरी मेडिकल कलेज खोली अयोग्य जनसक्ती उत्पादन गर्ने बुजक्कडहरुलाइ सचेत बनाउन खोजिएको छ। सामान्य रोगको समेत ज्ञात नभएका नक्कली डाक्टरहरुको कारण बर्षेनी ज्यान गुमाइरहेका पिडित परिवारको क्षतीपुर्तीको लागी गम्भीर बन्न सचेत गराइएको छ ।

जेहेन्दार र उत्कृष्ट विद्यार्थीको सट्टा पहुचको आधारमा डाक्टर जस्तो सबेदनशिल बिषयमा ख्यालठट्टा गर्ने ब्यबसायिक माफियाहरुको हर्कतलाइ औल्याइएको छ ।

२०७५ माघ १०,बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको