मंगोल एकता समाज युएईले फेब्रुअरी १५ मा सोनाम ल्होसार मनाउने


दिपा बुढा मगर /२४ जनवरी । मंगोल एकता समाज युएईले सोनाम ल्होसार मनाउने भएको छ । लोकतन्त्र, धर्म निरपेक्ष र प्रान्तिय सरकारको मुल एजेन्डा बोकेर ८० प्रतिशत अहिन्दु मुलबासी मंगोलहरुको मुक्तिको लागी बैचारिक र सैद्धान्तिक तवरले लडिरहेको मङ्गोल नेसनल अर्गनाइजेसनको ३० औं स्थापना दिवसको अवसर पारी एम एनओ प्रबास सभा युएईले भखर मात्र दोश्रो अधिबेसन सम्पन्न गरे लगत्तै आउँदा फेब्रुअरी १५ मा मङ्गोल तामाङ समुदायको २८५५औं सोनाम ल्होसार मनाउने भएको छ ।

कार्यक्रम सफल पार्न गायक सुरेन्द्र लामा, प्रवेग दोङको साथमा विभिन्न स्थानिय कलाकारको बेजोड प्रस्तुती रहने छ भने कार्यक्रम युएईको दुबई देराको पेरल क्रीक पार्क होटलको हलमा हुने एमएनओ प्रबास सभा युएईका अध्यक्ष अमर धिमालले पोष्टपाटीलाई जानकारी दिएका छन ।

२०७५ माघ १०,बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको