चौरी देउराली गाउँपालिकामा बिपल्ब नेकपाको अभियान दुई उदघाटन ।


नकुल चौलागाईं/माघ १०, काभ्रे । बिपल्व निकट नेपाल कम्युनिस्ट पाटीका केन्द्रिय सदस्य रबिले नेपाली जनताका समस्याको समाधान दलाल सत्ताले गर्न नसक्ने भएकोले यो समस्यको समाधान बैज्ञानिक समाजवादले मात्रै गर्ने बताएका छन। सोमबार काभ्रेको कोसिपारी चौरिदेउराली गाउँपालिकामा सङघठन सुदृढीकरण तथा अभियान दुई उदघाटन गरे सगै नेताले यस्तो अभिव्यक्ति दिएका हुन।

उक्त कार्यक्रममा लाई सम्बोधन गर्दै काभ्रे जिल्ला इन्चार्ज सरद रसाइलीले गाउँ गाउँमा सिहदरबारको नारा दियर भ्रष्टाचार चोरी तस्करी बलात्कार व्यापक रुपमा अघि बढेकोले यसलाई अन्त्य बैज्ञानिक समाजवादले मात्रै गर्न सक्ने बताएका छ्न अर्को प्रसङ्गमा नेता रसाइलीले दिनप्रतीदिन नेपालको सिमा मिचिरहदा समेत नेपाल सरकार मौन भयर बस्नु लज्जाको विषय भएको भन्दै यो देसको रास्टिय सुरक्षा र यो देशको माटोको रक्षा नेपाल कम्युनिस्ट पाटीले गर्ने भएकोले आम जनतालाई हाम्रो अभियान दुई लाई व्यापक रूपमा साथ र सहयोग गर्न अपिल गरे ।

अभियान उदघाटन कार्यक्रममा सम्बोधन गर्दै नेता मनिक लामाले पिके कम्पनी र बाबुराम लफाङ्ग भयर हिजोको महान माओवाद र जनयुद्ध भन्ने सब्द बिदेशी दलालहरुको हातमा बेचेकोले सहिदको अधुरो सपना हाम्रो पाटिले मात्रै पूरा गरि दलालहरुलाइ जनताको जनअदालतमा उभ्याइ छाड्ने चेतावनी समेत दिए ।

उक्त कार्यक्रमको संचालन मजदुर सङगठनका नेता बिनोद थापाले गरेका थिए।

२०७५ माघ १०,बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको