मापसे चेक गर्ने प्रहरी नै मापसे : स्थानियले समातेर प्रहरी कार्यालयमा बुझाए


रमाकान्त बास्तोला/पुस ७ पोखरा । मापसे चेक गर्न ड्युटीमा खटिएका प्रहरी आफै मादक पदार्थ खाएर चेक गर्ने गरेको सुन्दा अचम्म लाग्ला । पोखरामा यस्तै भएको छ । सवारी चालकले मादक पदार्थ सेवन गरेको छ कि छैन, भनेर जांच गर्नुपर्ने प्रहरी नै मादक पदार्थ सेवन गरेर ड्युटीमा खटिएको भेटिए । त्यही पनि दुई ठाउँमा ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार, रक्सी पिएर ड्युटीमा खटिएको पटकपटक गुनासो तथा उजुरी आएपछि वडा प्रहरी कार्यालय बगरमा कार्यरत प्रहरी हवल्दार राजकुमार कार्कीलाई बर्खास्त गरेको छ भने इलाका प्रहरी कार्यालय हंसपुर मुकाम डाँडाकोनाकमा कार्यरत प्रहरी हवल्दार भीमबहादुर यादवको पद घटुवा गरेर प्रहरी जवान बनाइएको छ।

पोखरा महानगरको लेखनाथ तालचोकमा ट्राफिक प्रहरी चेकिङ्ग भैरहेका बेला मादक पदार्थ सेवन गरेका प्रहरी हवल्दार भीमबहादुर यादवले एक जना मोटरसाइकल चालकलाई रोकेर ‘ हा…’ गर्न भने । जाँच गर्न लागेका प्रहरीको मुखबाटै ह्वास्स रक्सी गन्हाएका ती प्रहरी हवल्दार यादव र ती सवारी चालकबीच भनाभन भएपछी स्थानिय जनताले ती प्रहरी हवल्दारलाई समातेर प्रहरी कार्यालयमा बुझाएका थिए । तिनै प्रहरी हवल्दार यादवलाई कास्की प्रहरीले एक तह घटुवा गरेको हो ।

यस्तै वडा प्रहरी कार्यलय बगरमा कार्यरत प्रहरी हवल्दार राजकुमार कार्कीलाई पनि त्यस्तै अवस्थामा भेटीएको हुँदा कार्कीलाई बर्खास्त नै गरेको छ ।

७ पुष २०७६, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको