पुस ७, दाङ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य एवं मध्यपश्चिम कमाण्ड ईन्चार्ज चन्द्र बहादुर चन्द ‘वीरंजग’ सहितका २१ जना कारागार चलान भएका छन् ।
जिल्ला अदालत दाङका न्यायाधीश रितेन्द्र थापाको इजलाशले उनिहरुलाई १५/१५ हजार धरौटीमा रिहा गर्न आदेश दिएको छ । वीरंजगसहितका २१ जना नेताहरु दाङको राजपुर मगराइनाबाट पक्राउ परेका थिए ।
अदालतले धरौटीमा रिहा गर्न आदेश दिए पनि पुनः पक्राउ गर्ने संभावना देखिएपछि नेकपाका नेताहरु धरौटी नबुझाएर कारागार चलान भएका छन् ।
प्रतिक्रिया दिनुहोस