नेपाल र नेपाली, अनि राष्ट्र र राष्ट्रियतासंग सत्ता क्रियाकलापको मुख्य भूमिका जहिले अगाडी आउने गर्दछ । देशलाई कता लैजाने ? जनतालाई कस्तो ब्यवहार गर्ने ? देशको मुद्दा के के हुन् । जनअपेक्षा के हो ? या कानुनी मान्यता र प्राबधानका बिषयहरु के हुन ? सत्ता र राजनितीमा यसको चर्को बहस पनि हुने गरेका छन् ।
देशको लागि बनाइएका पटक पटकको संविधान र त्यसले प्रत्याभूत गरेका न्यायका कार्यहरु अर्थात उचित कार्यन्वयन आशन्काका बिन्दुहरु अघि आउछन् । राजनीतिक एजेण्डा दलिय एजेण्डा भएका छन् । सत्ता हत्याउने एजेण्डा मात्र बनेका छन् । अनेक तरहले सत्ता हत्याउने र राज गर्ने खेलक संघारमा छ यसले राजनितिक दल मात्र होइन देश, जनता र राष्ट्रियता नै धरापमा पर्ने खाडल बनिरहेको छ । देशको आन्तरिक तथा बाह्य कुटनैतिक रणनीति फेल हुन पुगेको छ जसकारण बैदेशिक हस्तक्षेपले देश आक्रान्त पार्दै थप समस्याहरु थपिदै गएको छ ।
जब देशमा ठुला ठुला संघर्षहरु भए तब नयाँ आयाम र नयाँ अनुभुतीपुर्ण राज्यको परिकल्पनामा आशातित जनताहरुले ठूलो बलिदानी राष्ट्रका लागि गर्दै आए । तर आशै आसामा असन्तुष्ट, आक्रोश र बिद्रोहको घैला भरिदै गयो । परिवर्तनकै दाउमा अनेकौ घटनाहरु घटे । मुल्यांकन भयो तर निचोड निराशा र अकर्मण्यता संगै त्यसको प्रत्याभूत हुनै पाएनन् । देशका हजारौं गाथाहरुको भत्तीभाव गाईयो तर चाहना पूरा भएन या भनौ जनअपेक्षा र जन मुद्दाहरू पूरा भएनन् । बर्गिय आन्दोलन देशमा भयो तर बर्ग उथ्थान भएन । धर्म निरपेक्ष , समाबेशिताका कुरा उठान भए तर तर नयाँपन भेटिएन आम्शिक परिवर्तन भएपनि समस्या पुरानै रह्यो । नामका र बेकामी संघर्षहरुमा परिणत बनाउन सत्ता सञ्चालक र प्रतिगामी तत्वहरुको षड्यन्त्रमुलक गुरु योजना पास भयो । जनताको मुद्दा फेल खाईरह्यो ।
देश भित्र रहेका उधोग कलकारखाना निजि क्षेत्रलाई दिने बिषयमा सुम्पने विवादास्पद र अपारदर्शी कार्य पुन : सुरु हुँदा यसले देशको अर्थतन्त्रमा नै तरंग आउने निश्चित देखियो र भयो पनि । बिगतको सरकारले देश भित्ररहेका कुल ६९ वटा सार्वजनिक कलकारखाना मध्ये ३० वटा निजीकृत गर्दा उद्योग माफियाहरुले देस भित्र रहेका उधोगहरु ट्रलि बस, बाँसबारी छालजुत्ता कारखाना, साझा बस, नेपाल एयरलाइन्स,भक्तपुरको चाइनिज इँटा कारखाना भृकुटी कागज कारखाना, सिमेन्ट कारखाना,चिनी कारखाना जस्ता ठुला ठुला उद्योगहरुबाट फाइदा लुटेर अहिले टाट पल्टिए पूर्ण रूपमा बन्द छन। अस्तब्यस्थ परिस्थिती सृजना भयो । मौलिक हकको प्रत्याभूत सम्म जनताले गर्न सकेनन् । अधिनायकवादि, फासिवाद हावी हुन पुग्यो । जुन मुद्दा जनयुद्दले बोकेको थियो र अनबरत संघर्षमा हजारौं सहिद, ब्यपत्ता, घाइते भएका थिए जसले बलिदानी पुर्याएका थिए र जुन कारण जनता युद्दमा होमिएका थिए त्यो पूरा हुनै सकेन । जनयुद्दका नाइकेहरु काल कोठिमा कथित समृद्दीका नारा घन्काउदै बस्न थाले ।
इतिहासको लामो काल खण्डमा देशले दुई तिहाई बहुमतको सरकार पायो । निराशावादि जनताको मतले दुई तिहाई दक्षिणा दिलाएर नयाँ सरकार स्थापना गर्न सत्तामा आशिन गराए । संघीयता र सम्बिधान बनाउन प्रेरित गराए । दुई तिहाई सरकारबाट जनताले ठूलो अपेक्षा राखे भनौ समाजवादी ब्यवस्था चाहेका जनता आजित भएर सम्सदिय खेलको झिनो आसामा कम्युनिस्ट सरकार प्रती लगाब राखे । केपि सरकारको पहिलो चर्चित काम तुइन मुत्त गर्ने घोषणा गरे तर अहिले पनि तुइन मुत्त छैन । हावाबाट बिजुली, चुच्चे रेल जस्ता कुराहरुले उनलाई चर्चामा ल्यायो । अझै हास्यास्पद चर्चा त नेपालमा राष्ट्रिय झण्डा अङ्कित आफ्नै पानी जहाजको कुराले ल्यायो । सत्तामा आशिन नाइकेहरुद्वरा संघ , प्रदेश र स्थानिय गर्दै तीन तह खडा गरि संघीय प्रणालीमा देशलाई हाक्ने फर्मुला निकाले तर कथनी र करणी ठिक उल्ट्यो भयो । जसका कारण देशले समाजवादि प्रणाली भन्दा पनि लुटको प्रणाली थुपारेको अनुभुत जनतामा भएको छ ।
जब देशमा केपि वलि नेतृत्वको शत्तीशाली राज्य संचालित भयो तब क्रमिक देशमा ईतिहासका भन्दा ठुलो धोका खाएको अनुभुत जनताले गर्न थालेका छन् । सत्ता र पद लत्याउने होड र मुर्ख्याइँ अभिब्यत्ती र कृयाकलापले देशको अवस्था नै ध्वस्त बनाउन सक्ने बाटो बनिसकेको छ । दिर्घकालिन परिणाममा शुन्यता बोकेको सरकारको सत्तामा लाचार छाँया देखिन थालिसकेको छ । देश कसले संचालिन गरेको छ भन्ने प्रश्न नै मुख्य प्रश्न बनेर आज खडा भएको छ । ब्युरोक्रेशी र निजि क्षत्रको अवस्था डामाडोल हुँदै आएको छ जसले नेपालको अर्थतन्त्रमा ठोलो ह्रास ल्याएको छ । सत्ताशिन ब्यत्तिहरु नै देशलाई होलि वाइनमा चोबेर खाने दाउपेच गर्न तल्लिन बनेका छन् ।
यहाँ सम्झनै पर्छ । जब नेपालमा दुई तिहाईको शत्तीशाली भनिने कम्युनिस्ट सत्ता बन्यो र सम्बिधान कोरियो तब जनतामा नयाँ उत्साह जागेको पक्कै हो । जसका कारण केपि वलि सरकार निकै चर्चाको शिखरमा आयो । जब सत्ता सन्चालनका दिनहरु थपिदै गए तब नयाँ नयाँ चर्चा वलि सरकारले बटुल्दै गयो । मुल्यबृद्दीले आजित जनतामा थप मुल्यबृद्दी साथै असमाजिक सस्कृती थपिदै गए । बिचौलिया केन्द्रित , माफिया केन्दृत ब्यवसायीकरण र चर्को कर प्रणालीले सरकारको चर्चा झनै बढ्यो । सुखी नेपाली र समृद्द नेपाल नारा दिदै नेपाली लगानीमा बनाउने जोड गरिएका बुढीगण्डकी चलखेल गर्दै बिदेशीहातमा दिने प्रण गरे । हिजोको उग्र राष्ट्रवादको चर्चा आजको लमतन्न लम्पसारवादले चुलायो ।
सम्बिधानमा स्वतन्त्रता तर सत्ताको लाचार छायां प्रष्ट देखिन थाल्यो जहाँ निर्मला पन्तको बलत्कार काण्डले देशै न्यायको भिख माग्दै सडकमा आयो । कलम समाउने कलिला हातमाथी लाठी बजारियो । सिण्डिकेटको समाप्त पार्न खोज्ने सरकारलाई सिण्डिकेडधारीहरुले नै सरकारलाई बिस्तारामा सुलाईदिदा सरकार झनै चर्चामा आयो । ट्याक्सीमा मिटर जडान गर्नुपर्ने अडान सरकारले राख्यो तर त्यो पनि देखावटी चर्चा मात्र सरकारले लियो । बैदेशिक रोजगारिमा ठगी देखि मेडिकलमाफिया संगको खेल र बिध्यार्थी आन्दोलनले थप चर्चा सरकारको काम कारवाहीको गर्यो । स्थानिय तह अर्थात गाउँमा आएको सिहदरवार जब जङ्गलको सिह सरि काम गर्न थाले तब त देशकै नम्बर एक स्थानको भ्रस्टाचार स्थानिय तह भनी वलि सरकारको चर्चा भयो । रोजगारीको नाउमा बजेटको होम गर्दै स्वाहा पार्ने काम त भयो नै ।
समय एकातिर तर सरकार अर्कोतिर देखियो । सर्बजनिक जग्गा अतिक्रमण देखि बिबादास्पद गुठी बिधयक ल्याइयो । साथै खुल्लामञ्च , टुडिखेल , बालुवाटार समेत हत्याउने सुर कसेको सरकार र सिमा अतिक्रम गर्दै फाइदा उठाएको छिमेकी र एमसिसि अर्थात इण्डो प्यासेफिक रणणितीको सिकार बनेको पत्तै नपाउँदा वलि सरकारको गोरेटो र चर्चा झनै अन्तरास्ट्रिय चर्चा बन्न पुग्यो । वाइडबढी घोटला र एनसेलको कर छलीको चर्को बिरोध साथै एनसेल माथी कारवाही गर्दै अघि बढेको राजनितिक दल माथी प्रतिबन्ध लगाईदा राज्य प्रती नै प्रश्न खडा भयो साथै राज्य कुन प्रवृत्ति र कहाँबाट चलेछ र राज्यले के चाहन्छ प्रस्ट हुँदै गयो ।
अहिले “यति” चरम खेती बढिरहेको छ जसले गर्दा झनै चर्चा राष्ट्र नायकहरुको भैरहेको छ । बाहिर आएका यस्ता गम्भीर समस्याहरु त उस्तै छन् त्यसैमा देश भ्रस्टाचारले आक्रान्त परिरहेको अवस्थामा र ब्याप्त्त समस्या भइरहदा वलि सरकार भने मौन रुपमा सत्ता , पद र मन्त्रीमण्डल फेरबदल गर्दै राज्य कुरुपता पार्दै सत्तालुप रुप रङ्ग मै ब्यतित भएका छन् । राज्यले गरेको अनेकम तिकडमहरुको बिरुद्द बोल्ने पत्रकारलाई हिरासतमा हाल्नु र जनतामाथी बर्बर फासिवाद लाद्नु दमन धरकपट गर्नु साथै हत्या सम्म गरिनु यस्तै सरकारका चर्चित काम बन्न पुगे ।
यसरी प्रतिक्रान्तीको रापमा जल्न आटेका नेता कार्यकर्तामा बिचलित मुहारहरुले गर्दा र बर्ग बिचको भेदवाब र बर्गप्रती कमजोर अध्ययन र बुझाईले गर्दा बिज्ञान फराकिलो बन्दै जानू र मानव साँघुरिदै जानू प्रबिधीले निम्त्याएको जटिलता साथै राज्यको कमजोर सोचाई र बिफलता साथै राष्ट्र प्रती कमजोर दृष्टि र कार्यहरुले गर्दा चर्चाको शिखरमा केपि सरकार रहेको पाहिन्छ ।
लेखक: जनपत्रकार संगठनका केन्द्रिय सदस्य तथा कास्की जिल्ला अध्यक्ष हुन्
प्रतिक्रिया दिनुहोस