डोजरले महिला हुत्याउने चालकलाई लाग्यो यस्तो मु;द्दा, अब के होला ?


कात्तिक ६, बैतडी । बैतडीको दशरथचन्द नगरपालिका वडा नं ९ मा डोजरले महिला हुत्याउने चालक विरुद्ध ज्या;न मा;र्ने उ;द्योगमा मु’द्दा दर्ता भएको छ।

यो खबर भगीरथ अवस्थीले अन्नपूर्ण पोष्टमा लेखेका छन् । स्थानीय गौरी जोशीलाई डोजरले हुत्याएको भिडियो सार्वजनिक भएपछि प्रहरीले नियन्त्रणमा लिएका चालक किशोर बोहरावि;रुद्ध मंगलबार नै ज्या;न मा;र्ने उ;द्योगमा मु;द्दा दर्ता भई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक किसन चन्दले जानकारी दिए।

जिल्ला अदालत बैतडीबाट १० दिनको म्याद थपेर बोहरामाथि अनुसन्धान भइरहेको प्रहरी निरीक्षक बताए। उनले भने ‘गौरी जोशीको अहिले कोहलपुरमा उपचार भइरहेको छ भन्ने खबर आएको छ। चालकले डोजरले हुत्याएको कुरा बाहिर आएपछि हामीले ज्या;न मा;र्ने उ;द्योगमा मु’द्दा दर्ता गरेर अनुसन्धान अगाडी बढाएका छौं।’ आ’रोप पुष्टि भए कानुन अनुसार कार’वाही हुने प्रवक्ताले स्पष्ट पारे। दशरथचन्द नगरपालिका वडा नं ९ को सुण्न्नाखानदेखि पार्ससम्म जोड्ने सडक निर्माणका विषयमा दुई पक्षबीच विवाद हुँदा झडप भएको थियो।

झ’डपका बेला सडक रोक्नुपर्छ भन्ने पक्षका गौरी जोशीलाई डोजरले हु’त्याएको र अहिले उनको कोहलपुरमा उपचार भइरहेको छ। ‘म त गरिब मान्छे, डडेल्धुरा होटेलमा काम गरेर बालबच्चको पालनपोषण गरिरहेको थिएँ, सोमबार यस्तो ब्र’जपात आइलाग्यो।’ गौरीका श्रीमान जगदीश जोशीले भने–‘हाम्रै जमिनमा डोजर चलाउने हामीलाई नै मार्न खोज्ने कस्तो जमाना आयो ?’। दोषीलाई दण्डित गरी आफू न्याय पाउनु पर्ने जोशीले माग गरे।

ढुंगा हानाहान हुँदा दुवै पक्षका अन्य सातजना समान्य घाइते भएका थिए। उनीहरुको जिल्ला अस्पतालमा उपचार भएको थियो। पार्ससम्म जोड्ने सडक चिलाउने भन्ने ठाउँमा पुग्दा जमिनवालाहरुले केही दिनभित्रै सबैसँग सहमति गरेर सडक अगाडि बढाउन आग्रह गरेको भएपनि निर्माण पक्षले जबरजस्ती सडक अगाडी बढाउन खोज्दा विवाद उत्पन्न स्थानीय हंशराज जोशीले जानकारी दिए। उनले भने ‘त्यहाँ हामी १५–१६ परिवारको सयुक्त जमिन र कुल केही देवताको गुठीको जमिन पनि छ। सबैसँग सहमति गरेर सडक खनौँला भनेको उनीहरुले जबरजस्ती डोजर चलाए।’

निर्माण पक्षका दिनेश जोशीले भने आफूहरुले सडक निर्माण गर्ने सहमति गरेको र अर्को पक्षले एक्कासी ढुंगामुढा गर्दा झडप भएको दाबी गरे। उनले भने ‘गाउँमा सडक पुर्‍याउनका लागि झडप भएकै ठाउँबाट लग्नुको विकल्प छैन। आइतबार सडक काट्ने सहमति भएको हो। तर एक्कासी ढुंगामुढा गर्दा अनि झडपको स्थिति आएको हो।’

६ कार्तिक २०७६, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको