असोज ६, बझाङ । बझाङ जिल्लामा नदीजन्य पदार्थहरु ढुङ्गा, वालुवा, गिट्टी, अवैध रुपमा ओसारपसार हुदै आएको छ । यसलाई नियन्त्रण र नियमन गर्ने निकाय मौन वस्दा ओसारपसार भने अझै रोकीएको छैन ।
फाइल तस्बिर
जिल्ला समन्य समितीले साउन २७ गते सेती नदी वाहुली गाड लगायत स्थानिय खोलाहरुमा जथाभावी ढुङ्गा वालुवा गिट्टी अवैध रुपमा ओसारपसार गर्न रोक लगाएपनि पुर्ण रुपमा कार्यानयन नहुदा प्रहरीको मिलोमतोमा जिल्लाका केही नेताहरुका आसेपासे र पहुचवालाहरुले खुलेयाम रुपमा नियम बिपरीत वालुवा गिट्टी ढुङ्गा ओसापसार हुदै आएको बझाङ ट्याक्टर ब्यावसायी सँघका सचिव भरत कठायतले बताए ।
सचिव कठायतका अनुसार राज्यले कानुनको नजरमा सवै समान रुपमा हेर्ने भएतापनि प्रहरी प्रसासन र जिल्लाका केही नेताहरुका आसेपासे र पहुचवालाहरुलाई मात्र खुलेयाम रुपमा ढुङ्गा, गिटी, वालुवा ओसारपसार गर्न लगाएकोे आरोप लगाएका छन ।
आईतवार करीव ७: ३० वजेको समयमा जिल्ला अदालतको निर्माणा धिन भवनमा २ ट्याक्टर र जिल्ला प्रहरी कार्यालयको भवन निर्माणमा २ ट्याक्टर बालुवा प्रहरीको मिलोमतोमा ओसारपसार गरेको आरोप लागेको छ ।
यसरी जथाभावी रुपमा निमय बिपरीत वालुवा गिट्टी ढुङ्गा गिट्टी झिक्ने कार्य नरोकिए वर्षातको समयमा वाढी पहिरो भुक्षय गई खेतीपाती जमिन लगाएत मानव वस्ती नै जोखीममा पर्ने जयपृथ्वी नगरपालीकाका स्थानियहरु बताउछन ।
प्रहरीको मिलोमतोमा वालुवा गिट्टी ढुग्गा ओसारपसार गरेको बिषयमा कुराकानी गर्दा जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी प्रमुख गणेश वमले आफुलाई त्यती जानकारी नभएको र यदी प्रहरीको मिलोमतो भए जो सुकैलाई पनी कारवाही गर्ने बताए ।
प्रतिक्रिया दिनुहोस