नेपाल पत्रकार महासंघद्वारा गिरफ्तार पत्रकार हमाललाई रिहाइ गर्न माग


भदौ ६, पोखरा । प्रहरीद्वारा पक्राउ परेका जनपत्रकार संगठन नेपालका केन्द्रीय सदस्य एवम् जनसंचार डटकमका संचालक तथा सम्पादक ओम हमालको गिरफ्तारी बिषयलाई लिएर नेपाल पत्रकार महासंघ शाखा काँस्कीले बिज्ञप्ति मार्फत खेद प्रकट गरेको छ ।

कास्की प्रहरीद्वारा शिशुवाबाट शुक्रबार गिरफ्तारगरिएका हमाललाई नेपाल पत्रकार महासंघले निशर्त रिहाई गर्न माग समेत गरेको छ । पत्रकार हमाल नेपाल पत्रकार महासंघ काँस्कीको साधारण सदस्य समेत रहेको संघले जनाएको छ ।

हमाल नेत्रबिक्रम चन्द विप्लब नेतृत्वको नेकपा निकट जनपत्रकार संगठन नेपालमा आबद्द पत्रकार हुन् । उनि जनपत्रकार पत्रकार संगठनका केन्द्रिय सदस्य तथा गण्डकी प्रदेश संयोजक हुन् ।

उनले पत्रकारिता जगतमा लामो समय देखि भ्रष्ट्रचार, अन्याय र बेथितिका बिरुद्द कलम चलाउदै आएका थिए ।

६ भाद्र २०७६, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको