कसले मच्चायो सुई आतंक ? श्रीमानसँग हिडेकी महिला समेत असुरक्षित


असार ८, काठमाडौँ । अज्ञात व्यक्तिले सुईजस्तै तिखो चीजले आफूलाई घोचेको भन्दै पछिल्लो एक सातामा पाँच महिलाले उजुरी दिएका छन् । यो समाचार जनकराज सापकोटाले आजको कान्तिपुर दैनिकमा लेखेका छन् ।

प्रहरीले दिएको जानकारी अनुसार सबैजसो घटना कालीमाटी–ढल्कु क्षेत्रमा राति ९ बजेदेखि १० बजेको अवधिमा भएको देखिन्छ । प्रहरीका अनुसार पाँचै घटनामा पैदल हिडिरहे महिलाहरुलाई लक्षित गरि मोटरसाइकलमा आएका अज्ञात व्यक्तिहरुले सुईजस्तै तिखो वस्तुले घोच्ने र फरार हुने समान प्रवृत्ति देखिन्छ ।

सुईजस्तै वस्तुले घोचिएका भनिएका युवतीमध्ये तीन जना स्वास्थ्य परीक्षणका लागि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा समेत पुगेका छन् । अस्पतालका निर्देशक डा. वासुदेव पाण्डेले अहिलेसम्म केले घोचिएको हो भन्ने निष्कर्ष ननिस्किएको बताए ।

प्रहरी परिसर काठमाडौंका डीएसपी होबिन्द्र बोगटीले तिखो वस्तुले घोचेको देखिए पनि सुई भन्ने पुष्टि भइनसकेको बताएको खबर छ । एक युवतीले आफू श्रीमानसँग हिडिरहेका बेला मोटरसाइकलमा आएको मान्छे सुईजस्तै तिखो चीजले घोचेर बेपत्ता भएको प्रहरीलाई बताएकी छन् ।

अर्की अविवाहित युवतीले भने साथीहरूसँग हिडिरहेका बेला मोटरसाइकलमा आएको अपरिचितले पाखुरामा च्वास्स घोचे रभागेको बताएकी छन् । डीएसपी सुवेदीले दुवै घटनाको प्रकृति एउटै देखिएको रसमय र क्षेत्र पनि एउटै रहेको बताए ।

८ असार २०७६, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको