फाेहाेर ब्यवस्थापन खेलको माध्यमबाट सरसफाइ अभियान (भिडियो सहित)


जेठ ८,कालिकाेट।  ग्रामिण क्षेत्रमा घरबाट निस्कने फाेहाेर ब्यवस्थापन गर्ने उद्येश्यका साथ फाेहाेर ब्यवस्थापन खेल मार्फत सचेतना जगाउदै सरसफाइ अभियानलाइ अगाडि बढाएकाे छ । कालिकाेट जिल्लाकाे पचालझरना गाँउपालिकामा सरसफाइकाे अभियानलाई तिव्रता दिन टाेल टाेलमा स्वास्थ्य आमा समूह, बिद्यालयमा वालवालिकालाई, समुदाय स्तरमा खेल खेलाउदै चेतना जगाउदै अभियान संचालमा ल्याएकाे हाे ।

वडाका विभिन्न टाेलमा संचालनहुने गतिविधिहरुमा खेलका माध्याम मार्फत सिकाउदा सिकाई दिगाे हुनेरहेछ।बानि र ब्यवाहारमा परिवर्तनकाेलागि फाेहाेर ब्यवस्थापनले महसुस सजिलै गराएकाे वडा अध्यक्ष बृषलाल आचार्यले जानकारी दिए ।

फाेहाेर ब्यवस्थापन खेलमा घरबाट निस्किने विभिन्न ३९ प्रकारका फाेहाेरहरुलाइ गल्ने फाेहाेर, नगल्ने तर पुन प्रयाेगमा आउने फाेहाेर, नगल्ने तर पुन प्रयाेगमा नआउने गरि तीन प्रकृतिकाे फाेहाेरलाइ अलग अलग गरि ब्यवस्थापन गर्न सिकाउन सहजिकरण गरिन्छ ।

नेपाल रेडक्रस साेसाइटीकाे सहजिकरण सहयाेग तथा पचालझरना गाँउपालिकाकाे आयाेजनामा सरसफाइ सम्बन्धि गतिविधि संचालनमा हुँदै आएका छन ।

९ जेष्ठ २०७६, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको