विप्लव नेकपाका स्थायी समिति सदस्य सुदर्सनसहित ६ जना पुर्पक्षका लागि थुनामा


बैशाख १०, काठमाडौं । जिल्ला अदालत, ललितपुरले विप्लव नेतृत्वका नेकपाका स्थायी समिति सदस्य तथा मध्यकमाण्ड इन्चार्ज हेमन्त प्रकाश ओली ‘सुदर्शन’ सहित ६ जना पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको छ ।

मंगलबार ललितपुर जिल्ला अदालतले थुनछेक बहसपछि बिस्फोटक पदार्थ (बम) विस्फोटमा संलग्न रहेको भन्दै उनीहरुलाई नख्खु कारागार पठाउन आदेश दिएको हो ।

न्यायाधीश अवनी मैनाली (भट्टराई) को इजलासले सुर्दशनसहित नख्खु बम बिस्फोटमा संलग्न रहेको आरोपमा पक्राउ परेका शिव धमला भन्ने शिव धिमाल, दिकेन्द्र राई, रामकृष्ण खतिवडा, ईश्वर दमाई र बिरबहादुर कठायतलाई थुनामा राख्न आदेश गरेको हो।

फागुन १० गते नख्खुमा भएको बम विस्फोटमा एक जनाको मृत्यु भएको थियो । दुई घाइते भएका थिए । प्रहरीले उनीहरूविरूद्ध बम विस्फोटन गराइ कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, राज्यविरूद्धको अपराध र संगठित अपराधमा मुद्दा चलाएको थियो ।

चैत ९ गते ‘सुदर्शन’सहितको टोली काभ्रेबाट पक्राउ परेको थियो । भाडाको बा १७ च ४८९३ नम्बरको स्काेरपियो जिपमा काठमाडौंतर्फ आउँदै गरेका बेला विप्लव समूहका सुदर्शनसहित ८ नेता-कार्यकर्तालाई पक्राउ परेका थिए ।

१० बैशाख २०७६, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको