दाङमा बिद्यार्थीले कार्यकक्षमै क्याम्पस प्रमुखलाई हुलेपछि…


बैशाख १०, दाङ । आफ्ना मागका बिषयमा कुनै वास्ता नदेखाएको भन्दै बिद्यार्थीहरुले राप्ती बबई क्याम्पस तुलसीपुरका प्रमुखलाई कार्यकक्षमै हुलेका छन् ।

बिगतका बर्षहरुदेखिका मागमा सुनुवाई गर्नका लागि २४ घण्टे अल्टिमेटम दिएको भएपनि कुनै सुनुवाई नभएपछि आफुहरुले क्याम्पस प्रमुख युवराज रावतलाई हुल्न बाध्य भएको अनेरास्वबियु दाङका अध्यक्ष बिरबल खड्काले जानकारी दिए ।

‘हामीले बिगतदेखि मागहरुलाई सम्बोधन गरिदिन माग गर्दै २४ घण्टे अल्टिमेटम दिएका थियौं’ उनले भने’ उनले भने‘ तर २४ घण्टासम्म पनि आफ्ना मागमा कुनै सनुवाई नगरेपछि हामीले क्याम्पस प्रमुखलाई हुल्न बाध्य भएका हौं ।’ अनेरास्वीयू र अखिल क्रान्तिकारीले यस्तो कदम अघि बढाएको हो ।

नियमित पठनपाठन हुनुपर्ने, कक्षा कोठामा प्रध्यापकले मोबाइल प्रयोग गर्न नपाइने, खानेपानी र शौचालयको व्यवस्था गर्नुपर्ने, दुईवटा शैक्षिक संस्थामा पढाउन नपाईने लगायतका माग राखेपनि सुनुवाई नभएपछि आफुहरुले यस्तो आन्दोलनको शुरुवात गरेको उनले बताए ।

राप्ती बबई क्याम्पसका प्रमुख रावतलाई करिब एक घण्टा थुनिएको र त्यसपछि प्रहरीको टोलीले ताला फाडेको हो ।

१० बैशाख २०७६, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको