चैत ९, काठमाडौँ । नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य किरणले शुक्रबार राति नेकपाका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ सहित नौजना पक्राउ परेको र उनीहरूमाथि यातना दिने क्रम बढेको भन्दै आपत्ति जनाएका छन् ।
फाइल तस्बिर । विप्लव र बैद्य
‘समस्याको समाधान प्रशासनिक रूपमा होइन, वार्ताद्वारा गर्न र नेता–कार्यकर्ता पक्राउ गर्ने तथा यातना दिने कामलाई अविलम्ब रोक्न हाम्रो पार्टी सरकारसित जोडदार माग गर्दछ’, किरणको विज्ञप्तिमा उल्लेख छ ।
सरकारले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमाथि लगाएको प्रतिबन्ध फिर्ता गर्न पनि उनले माग गरेका छन् । शनिबार विज्ञप्ति सार्वजनिक गर्दै किरणले यस्तो माग गरेका हुन् ।
विप्लव नेतृत्वको नेकपामाथि लगाइएको प्रतिबन्ध फिर्ता गर्न र नेकपाप्रति राजनीतिक व्यवहार गर्न माग गर्दै किरणले वार्ताबाट समस्या समाधान गर्न आग्रह गरेका छन् ।
हेर्नुस विज्ञप्ति
प्रतिक्रिया दिनुहोस